प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५

माघ १९
घोराहि कुखुरा तथा दाना ब्यबसायि घोराहि दाङको मुख्य आयोजना तथा दाङ जिल्ला उद्योग बाणिँज्य संघको आयोजनामा घोराहिमा जारि प्रदेश नं ५ स्तरिय पोल्ट्रि महोत्सव तथा प्रदर्शनि २०७५ मा आज हाउसफुल भएको हो ।
आज महोत्सव अवलोकन गर्न करीव २० हजार बढि दर्शकको ओइरो लागेको हो । सरकारले कृर्षि पेसालाई अगाडि लैजान नसकेको बेला ब्यक्तिगत संस्थाले लगाएको यो पोल्ट्री महोत्सवमा आज महोत्सवको १० औ दिन धेरै दर्शक आएको महोत्सव मुल आयोजक समितिले जनायको छ ।
कृषि पेशाबाट आत्म निर्भर बन्ने उद्धेश्य राखेर गरीको पोल्ट्रि महोत्सवमा केन्द्रीय तथा स्थानिय कलाकारहरुले दर्शकलाई छमछमि चाएका हुन । महोत्सवमा आज चर्चित लोक तथा दोहोरि गायिक कृष्ण रेउलेले आज गाँउमा बिजुली चम्क्यो भन्ने गित गाउँदा सुरक्षामा खटिनुभएका सुरक्षाकर्मि तथा स्वयमसेबक हरुलाई दर्शकको भिड थाम्न धौधौ परेको यियो साथै सल्यानि टप्पा लगायतकागितमा बृद्धबृद्धा छमछमि नाँचेका थिय । त्यस्तै लोक तथा दोहोरी गायिका टिका पुनले पनि आना गित गायर दर्शकलाई मनोरन्जन दिनुभयको थियो ।—
त्यस्तै चर्चित गायका रीया घले मोडल रुबिना अधिकारी ,त्यस्तै मोडल टिका जैसि ,गायक तथा संचारकर्मि देबेन्द्र बस्नेत लगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुति राख्नु भएको थियो । यसै बिच दोहारी गायिका टिका पुन र दोहोरी गायक कृष्ण रेउलेको बिचमा घम्सा घम्सि दाहोरि पनि चलेको थियो । त्यस्तै महोत्सवमा सिज ब्यान्डको प्रस्तुति र अन्य स्थिानिय कलाकारहरुले पनि आ–आफ्नो प्रतुति राख्नुभएको थियो भने कार्यक्रममा चर्चित उद्घोषिका तथा भिजे सोभा त्रिपाठिले उद्घघोषण गर्नुभयको थियो ।
डल्फिन पेलेट दाना कम्पनि द्वारा मुख्य प्रायोजन रहेको उक्त पोल्ट्रि महोत्सवको आज १०औन दिन हो र भोली ११औ दिन अर्थात माघ २० गते एक कार्यक्रमका बिच महोत्सव समापन गरीने र महोत्सव सफल पार्न बिभिन्न भुमिका खेल्ने सम्पुर्ण संघ संस्था तथा ब्यत्तिःलाई सम्मान गरीने पनि महोेत्सवका प्रचार प्रशार संयोजक पोषण नजाथ योगिले जानकारी दिनुभयो ।
महोत्सव माननिय प्रदेश सभा सदस्य अमर बहादुर डाँगिको प्रमुख आतिथ्यतामा समापन गरीने उँहाले जानकारी दिनुभयो । कुखुरा पालन एवं बजारिकरणको बिकास ,परनिर्भरमुखि अर्थतन्त्रको निकास भन्ने मुल नाराको साथमा सुरु भयको महोत्सवमा आजको कार्यक्रमको राप्ति ग्याँस उद्योग ,तपस्या टे«डर्स सृङखला सप्लायर्स लगायतका कम्पनिको प्रोप्राइटर तथा पोल्ट्री महोत्सवका सल्लाहाकार खड्ग बुढाथोकिले गर्नुभएको थियो भने महोत्सव भोली अर्थात माघ २० गते सम्म चल्ने छ ।
महोत्सवमा पोल्ट्रि सम्बन्धि करिव ८९ वटा स्टल रहेका छन भने विभिन्न फुड आईटम पाईने स्टल पनि रहेका छन ।महोत्सव प्रबेशका लागि भने ५० रुपैया टिकटको ब्यबस्था गिरयको छ । बृद्द तथा अपाङ्गलाई निशुल्क र पत्रकारलाई परिचय पत्रका आधारमा प्रबेश गर्ने ब्यबस्था मिलाईयको पोल्ट्रि महोत्सवका प्रचार प्रसार संयोजक पोषण नाथ योगिले जानकारि दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij