मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कञ्चनपुरका २.७८ प्रतिशत मानिसमा हात्तीपाइलेको संक्रमण

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५



  • कञ्चनपुर, फागुन ८ । सुदूरपश्चिमका कञ्चनपुर र कैलालीमा हात्तीपाइले रोगका बिरामी देखिएका छन् । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कञ्चनपुर र कैलालीमा अहिले पनि हात्तीपाइले रोगका बिरामी भेटिएको एक तथ्यांकले देखाएको छ ।

    स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक अनुसार कञ्चनपुरमा कुल जनसंख्याको २.७८ प्रतिशत मानिसमा हात्तीपाइलेको संक्रमण देखिएको छ । हात्तीपाइले रोग निवारण अभियान सञ्चालनपछि कञ्चनपुरमा हात्तीपाइले रोगको बिरामीको संख्यामा कमी आए पनि निवारण हुन नसकेको स्वास्थ्य निर्देशनालय दिपायलका भिक्टर कन्ट्रोल हेमराज जोशीले बताए ।

    उनले कञ्चनपुरमा अझै २.७८ प्रतिशत मानिसमा हात्तीपाईलेको संक्रमण देखिएको जानकारी दिए ।

    यसअघि कञ्चनपुरमा २० प्रतिशत मानिसमा हात्तीपाइलेको संक्रमण थियो । जोशीका अनुसार सन् २०१३ देखि सञ्चालन भएको हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत सन् २०१८ सम्म कञ्चनपुरमा २३ लाख २ हजार ७४० जनालाई औषधि खुवाइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij