मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

स्वास्थ्य मन्त्रालयले एक वर्षसम्म जनतामा आशा जगाउन सकेन

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५



  • प्रज्ञा तिमल्सिना र लक्ष्मणमान डंगोल (इमेज)

    काठमाडौं, फागुन ८ । जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको छ, स्वास्थ्य मन्त्रालय ।

    तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्षसम्मपनि यो मन्त्रालयले जनतामा आशा जगाउने काम भने गर्न सकेन ।

    पटक–पटक मन्त्री र राज्यमन्त्री फेरिने र स्वास्थ्यसचिवको किचलोले वर्षभरि चर्चामा रहेको मन्त्रालयले संघ मातहत रहेका स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण गर्न भने सफल भएको छ ।

    स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको हैसियतमा गत वर्ष चैत ३ गते पद्मा अर्याल नियुक्त भइन् ।

    स्वास्थ्य सेवा महँगो भएको, सरकारी अस्पतालमा प्रविधि र जनशक्तिको अभावका कारण पैसा तिर्न नसक्नेलाई जटिल रोगको उपचार गाह्रो भएको आरोप लाग्ने गरेको पृष्ठभूमिमा मन्त्रालयसँग जनतामा आशा जगाउन धेरै काम गर्नसक्ने सम्भावना थियो ।

    राज्यमन्त्रीमा नियुक्त हुनेबित्तिकै हास्यकलाकार धुर्मुस–सुन्तलीसँग मिलेर मन्त्री अर्याल आफैं वीर अस्पतालको रङरोगन र सरसफाइमा उत्रिइन् । यो कामले प्रशंसापनि बटुल्यो ।

    तर, अर्याल धेरै समय त्यो मन्त्रालयमा रहन पाइनन् ।

    क्षमताभन्दा भागबन्डामा मन्त्रालय वितरण गरिने हाम्रो पद्दतिमा संघीय समाजवादी फोरम सरकारमा सहभागी भएसँगै अर्याललाई अर्कै मन्त्रालय पठाइयो ।

    त्यसपछि उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाले ।

    डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक आएको भन्दै सदन र सडकमा आन्दोलनसमेत भयो ।

    स्वास्थ्य शिक्षा र सेवामा सबैको पहुँलाई मूल मुद्दा बनाएर पटक–पटक अनशन बसेका डा. केसीको अभियानलाई स्वास्थ्यमन्त्री यादव भने शिक्षा मन्त्रालयसँग बढी जोडिएको भन्दै पन्छिदै आएका छन् ।

    पछिल्लो समयमा सरकारी चिकित्सकहरु आन्दोलित भइरहेका छन् । समायोजन विधेयकको विरोधमा सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिँदासमेत नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप खेप्न मन्त्री यादव बाध्य भएका छन् ।

    सरकारले सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने आकर्षक योजना ल्याएको छ । तर, सबै अस्पतालमा सेवा–सुविधा नहुँदा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुनसकेको छैन ।

    त्यस्तै, लामो समयदेखि रिक्त चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान, वीर अस्पताल र ट्रमा सेन्टरका प्रमुख पदपूर्ति गर्नसमेत मन्त्रालयले सकेको छैन ।

    मन्त्रालयले वीर अस्पतालको गुरु योजनाअनुसार निर्माण, उच्च प्रविधियुक्त रोगनिदान केन्द्रकारुपमा आधुनिक स्वास्थ्य प्रयोगशाला र काठमाडौंमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने भनी घोषणा गरेका कार्यक्रमपनि सुरु गर्न सकेको छैन ।

    सातै प्रदेशमा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान स्थापना गर्ने र विदुशी योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने कार्यक्रमसमेत मन्त्रालयले अघि बढाउन सकेन ।

    स्वास्थ्य सेवाको पहुँच सहज बनाउने प्रतिबद्धता सरकारले गरेको भएपनि मुलुकका दुर्गम ठाउँमा जनताले औषधिको अभाव खेप्नु परिरह्यो ।

    नेपाललाई दक्षिण एसियामै पहिलो खस्रे (ट्रकोमा) रोग निवारण राष्ट्र घोषणा गर्न भने स्वास्थ्य मन्त्रालय सफल भएको छ ।

    तर, सन् २०१० मै निवारण घोषणा गरिएको कुष्ठरोगीको संख्या बढ्दै जाँदा समस्या परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठ बताउँछन् ।

    मन्त्रालयले यस वर्ष स्वास्थ्य र प्रजनन् ऐन ल्याएको छ ।

    एक स्थानीय तह एक अस्पतालको मापदन्ड बनाएको मन्त्रालयले पाँच वर्षभित्रमा ६४० ओटा अस्पताल बनाइसक्ने योजनासमेत बनाएको छ ।

    सरकार गठनको एक वर्ष पुग्दैगर्दा स्वास्थ्य मन्त्रालयले २५० ओटा स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण गरेर उल्लेख्य काम गरेको छ ।

    तर, मन्त्री र सचिवबीचको खटपट चलिरहँदा कहिले को सचिव हुने त कहिले को हुने समस्याले मन्त्रालयलाई वर्षैभरि समस्यामा पारिरह्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij