मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

लसुन खाए भाग्छन् यी रोगहरु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५



  • लसुन खाएर बाहिर हिँड्दा ठुस्स गनाउने भएकाले कतिपयलाई लसुन मन पर्दैन । तर, बहुउपयोगी लसुन उपभोगले रक्तचाप नियन्त्रण हुन्छ । यसको उपयोग धेरै भएकाले यसलाई निरुत्साहित गर्नु भने उचित होइन । भान्सामा तरकारी मिठो बनाउने उद्देश्यले मात्र लसुन उपयोग गर्ने गृहिणीलाई पनि थाहा नहुन सक्छ लसुनको अधिक उपयोगिता । लसुन सेवनका कारण हुने फाइदा थुप्रै छन् ।

    रगतका लागि फाइदै–फाइदा
    लसुनको उपयोग रगतसँग जोडिएका समस्या निराकरण गर्न निकै फाइदाजनक हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ, रक्तनलीका भित्ता सफा गर्छ, शरीरमा रगत जाम हुने समस्या हटाउँछ र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न पनि यसले काम गर्छ । बच्चा जन्मिने दिन पुगेका महिलाले जतिसक्यो धेरै लसुनको सेवन फाइदाजनक रहेको अध्ययनले देखाएको छ ।

    पाचन प्रणालीमा सहयोगी
    लसुनले हाम्रो शरीरको पाचन प्रणालीलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्छ । गाउँघरमा अपच भएका बेला वा हुनेजस्तो लागेमा लसुन खाने चलन पनि छ । शरीरका लागि प्राकृतिक एन्टिबायोटिकको काम गर्ने यसले शरीरका हानिकारक जिवाणु नियन्त्रण गर्छ । यसले शरीरका हितकारी किटाणुलाई भने असर गर्दैन ।

    कलेजो स्वस्छ राख्छ
    यसले कलेजोमा पाचन रसहरूको उत्पादन गर्न सहयोग गर्ने र बोसो जम्न नदिने भएकाले कलेजोलाई स्वच्छ राख्न यसको महत्वपूर्ण भूमिका हुन्छ । यसको एन्टिअक्सिडेन्ट तत्वले शरीरका कोषहरू नष्ट हुनबाट समेत जोगाउँछ ।

    एलर्जी हटाउन सहयोगी
    लसुनमा भएको एन्टिब्याक्टेरियल र एन्टिफंगल (ढुसी प्रतिरोधी गुण)ले एलर्जी हुनबाट जोगाउँछ । रुघाखोकी, घाँटीको समस्या र सामान्य अपच हुनेले नियमित लसुन उपभोग गर्दा फाइदा गर्छ ।

    कोलस्ट्रोल नियन्त्रण
    नियमित लसुन सेवनले शरीरमा बढ्ने खराब कोलस्ट्रोल घटाउने र असल कोलस्ट्रोल बढाउने काम गर्छ । खराब कोलस्ट्रोलले मुटुको रक्तनली तथा धमनीहरुलाई अवरुद्ध गरेर हृदयघातको समस्या हुने भएकाले लसुनको नियमित सेवनले हृदयघातको सम्भावना पनि कम रहन्छ ।

    क्यान्सर निरोधक
    क्यान्सर प्रतिरोधी क्षमताको जर्मानियम तत्व लसुनमा हुने भएकाले यो क्यान्सरका लागि पनि उपयोगी हुने देखिएको छ । यो तत्व अन्य कुनै पनि जडिबुटीभन्दा बढी लसुनमै पाइने अध्ययनले देखाएको छ ।

    सावधानी
    लसुनको बहुउपयोगी गुणबाट फाइदा लिन सकेसम्म दिनमा २ वा ३ पोटी उपभोग गर्नु बुद्धिमानी हुनेछ । तर, फाइदा गर्छ भन्दैमा जथाभावी लसुन खानु भने हुदैन । धेरै लसुन खाँदा छाती पोल्ने, पेट ढुस्स हुने, टाउको दुख्ने, शरीर थाक्ने, चक्कर लाग्ने पनि हुनसक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij