मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यस्ता छन् आँखामुनि कालो धब्बा आउनुका ७ कारण, हटाउने उपाय

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ९, २०७५



  • एजेन्सी । आँखामुनि कालो धब्बा आउनुको कारण अनिन्द्रा ठानिन्छ । प्रशस्त सुत्नु निकै महत्वपूर्ण भए पनि निन्द्राको अभावले मात्र आँखामा काला र निला धर्सा आउँदैनन् । यसका अन्य कारण छन्ः

    खराब जीनः हो, तपाईको आँखामा कालो धर्सा र दाग हुनुको दोष अभिभावकलाई पनि जान्छ । ‘वंशानुगत कारणले कतिपय मानिसको आँखामा काला धर्सा र धब्बा देखिन्छन्,’ न्यूर्योक सिटी अस्पतालका डम्र्याटोलोजिस्ट तथा वरिष्ठ छाला रोग विज्ञ डा ब्रुस काज भन्छन् । ‘भूमध्ये सागरको पृष्ठभूमिका मानिसहरुसमा यस्तो समस्या आउँछ,’ उनी भन्छन् ।

    छालाको रोग (इसेज्मा): छालाको रोगले पनि आँखामा कालो धर्सा आउँछ । यो रोग लाग्दा आँखा चिलचिलाउँछ र आँखामा दाग आउछ । ‘आँखा चिलायो भनेर घोट्दा सुन्निन थाल्छ आँशु वरपरको रक्त कोषका नलीलाई टुटाइदिन्छ जसले आँखा मुनिको छाला कालो र निलो डाम जस्तो देखिन्छ,’ न्यूर्योकस्थित छाला रोग विज्ञ डा डेभिड इ वेंक भन्छन् ।

    एलर्जीले पनि कालो बनाउँछ : आँखामा कालो धर्सा आउन इसेज्मा जस्तो छालाको रोग मात्र मुख्य जिम्मेवार छैन । एलर्जीले छालालाई रातो बनाउँछ र रगतको नलीलाई बिस्तार गरिदिन्छ,’ डा बैंक भन्छन् । ‘हाम्रो आँखाको ढकनी र आँखामुनिको छाला शरिरको अन्य भागको तुलनामा निकै पातलो भएकोले सुन्निएको रक्त नली अन्य क्षेत्रको तुलनामा कालो हुन्छ । तसर्थ सम्भव भएसम्म छिटो भन्दा छिटो छालाको एलर्जीको उपचार गर्नुहोस् ।

    मेकअपले पनि धर्सा निम्त्याएको हुनसक्छ : मेकअपले कालो धब्बा देखाउँछ भन्दा विश्वास नलाग्न सक्छ । तर, तपाईले मासकारा, आइस्याडो वा कन्सिलर लगायतका उत्पादन प्रयोग गर्नु भएको छ भने तपाईको छालालाई असर गर्छ । ‘कतिपयल मेक अप गर्दा एलर्जी आउँछ र एलर्जीले आँखामुनि कालो धर्सा उत्पन्न हुन्छ,’ डा कताज भन्छन् । नयाँ आइलिन्डर प्रयोग गरेपछि आँखामा केही धब्बाजस्तो कालो आकार देखिने उनी बताउछन् । सौन्दयका सामग्रीमा स्वास्थ्यका लागि हानिकारक मानिएको लीड मिसाइएकोले पनि यो छालाका लागि उपयुक्त मानिदैन ।

    हड्डीको बनौटः आँखामा कालो धर्सा देखिनुमा हड्डिको संरचना र विशेषगरी तपाईको अनुहारको आकारमा पनि भर पर्छ । ‘जब मानिसको आखामुनि आँशु झर्छ, आँखामा रहेको आँशुले छालालाई कालो धर्सायुक्त बनाउँछ,’ डा कज भन्छन् ।

    नशाले पनि निलो छायाँ देखाउछः यदि तपाईको आँखाको भाग निलोडाम जस्तो देखिन्छ भने यो आँखामा रगत प्रवाह गर्ने नशाहरुको कारणले पनि हुन सक्छ। आँखामुनिको निलो नशाहरु कालो देखिन्छ र यसले आँखाको ढकनी र आँखा वरपरको भागलाई कालो बनाउँछ । तर, यो कालो केबल छालाभित्रको नशा मात्र हो।

    घामबाट जोगिन सक्नु भएको छैनः बाहिर घाममा निस्कदा छालामा चमक आउछ भन्ने तपाईलाई लाग्छ होला । तर, सत्य यो होइन । तपाईको कोमल आँखाको छाला घाममा देखाउँदा झन कालो हुन्छ । आँखाको ढकनी र आँखा वरपरको छाला शरिरमै सबैभन्दा पातलो हुन्छ। तसर्थ सूर्यको प्रकाश वा घामले यो भाग छिट्टै डढाइदिन्छ। जसका कारण तपाईंको छाला कालो दाग देखिन्छ र छालाको पारदर्शीतामा असर गर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij