मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हात्तीको आक्रमणबाट घाइते महिलाको उद्धार

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ९, २०७५



  • राजविराज । सप्तरीको अग्निसाई कृष्णश्रवण गाउँपालिकास्थित महुलीमा हात्तीको आक्रमणबाट घाइते एक महिलाको आज उद्धार गरिएको छ ।

    पूर्व—पश्चिम राजमार्गदेखि दुई किलोमिटर उत्तर वन क्षेत्रको महुली खोलामा पहिचान खुल्न नसकेको अन्दाजी ४५ वर्षीया महिला हात्तीको आक्रमणबाट घाइते भएकी हुन् ।

    वनमा घाँसदाउरा गर्नेले निजलाई घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते महिलालाई कोशी टप्पु वनजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको स्थानीयवासीको भनाइ छ ।

    वन क्षेत्रभित्र महिला घाइते भएको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय महुलीका प्रहरी नायब निरीक्षक रामबाबु यादवको नेतृत्वको टोलीले घाइतेलाई उद्धार गरी राजविराजस्थित गजेन्द्रनारयण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको स्थानीयवासी वृजमान तमाङले बताए । घाइते महिलाको दाहिने हात भाँचिएको र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij