मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपाली बजारमा भारतीय माछाको एकाधिकार

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १०, २०७५



  • विराटनगर, फागुन १० । नेपालमा उत्पादित माछाको माग बढिरहेका बेला विराटनगरमा भने भारतीय माछाको आयात उच्च देखिएको छ । मोरङ र आसपासका जिल्लामा व्यावसायिक माछापालन भइरहे पनि प्रतिस्पर्धा गर्न नसक्दा भारतीय माछाको एकाधिकार अझै कायमै छ ।

    झापा जिल्ला माछामा आत्मनिर्भरतातर्फ उन्मुख भए पनि विराटनगर नाकाबाट भने भारतीय माछाको आयात उत्तिकै छ । पूर्वी नेपालको प्रमुख नाका विराटनगरको रानीबाट ठूलो परिणाममा माछा आयात भइरहेको छ । नेपाली कृषकहरुले माछामा लगानी बढाइरहे पनि भारतीय माछासँग प्रतिस्पर्धा गर्न नसक्दा भारतीय माछाको एकाधिकार अझै तोडिन सकेको छैन ।

    पूर्वी नेपालका मूख्यतः मोरङ, सुनसरी लगायतका जिल्लामा अहिले पनि सिजनमा ७० प्रतिशत र अफसिजनमा ९० प्रतिशत माछा भारतबाट आउने गरेको छ ।

    प्रदेश नम्बर १ को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कमा प्रदेश नं. १ मा वार्षिक ८ हजार मेट्रिकटन ताजा माछा उत्पादन हुने गरेको छ । जुन, कुल मागको २० देखि २५ प्रतिशतमात्र हो, बाँकी माग भारतीय माछाले धानिरहेको छ ।

    नेपाली माछाको माग बढ्दो भए पनि उत्पादित माछाले भारतीय माछासँग प्रतिपस्र्धा गर्न नसकेको स्थिति छ । प्रदेश नं १ मा वार्षिक २८ हजार मेट्रिक टन माछाको बजार माग रहेकामा १९ हजार मेट्रिक टन माछा भारतबाटै आउने गरेको छ । नेपाली उत्पादनका माछाले बजार धान्न नसकेपछि बाध्य भएर भारतीय माछा आयात गरिएको व्यापारीहरु बताउँछन् ।

    केही वर्ष अघिसम्म भारतबाट मरेका माछा आउने भए पनि अहिले भने जिउँदा र ताज माछा आउन थालेका छन् । त्यसमा पनि भारतीय माछा सस्तो पाइने भएकाले पनि नेपाली उत्पादन ओझेलमा परेको छ ।

    सरकारले मोरङ जिल्लालाई माछामा आत्मानिर्भर बनाउन नयाँ पोखरी खन्नेदेखि मर्मत संभारका लागि सहयोग गरिरहेको छ । बजारमा देखिएको असन्तुलित मूल्यलाई सन्तुलित बनाई नेपाली माछा उत्पादकलाई प्रोत्साहित गर्न सरकारी पहलको खाँचो छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij