प्रकाशित मिति : शुक्रबार, फाल्गुन १०, २०७५
मधु पौडेल , फाल्गुन १० ,बाँके । स्थानिय युवा महिला सञ्जालका पदाधिकारीहरुका लागी २ दिने संस्थागत विकास तथा व्यवस्थापन तालिम नेपालगंजमा सम्पन्न गरिएको छ। प्लान इन्टरनेशनल फिल्ड कार्यलय नेपालगंज संगको साझेदारीमा राइजिङ आइडल्स बाँकेले संचालन गरिरहेको बालिका तथा युवा महिला शसक्तिकरण परियोजना अन्तर्गत बाँकेको बैजनाथ गाँउपालीका र खजुरा गाँउपालीका मा संचालनमा रहेका युवा महिला संजालका पदाधिकारीहरुका लागी संचालित तालिममा ३० जना स्थानिय युवा महिलाहरुको सहभागिता रहेको थियो ।
तलिममा गाँउपालीका स्तरीय युवा महिला सञ्जालको सस्थागत विकास तथा व्यवस्थापन का लागी आवश्यक सीप, सस्थागत विकास र यसको रणनितिक व्यवस्थापन, सस्थाको मुल्य, मान्यता र कार्यशैली, तथा सस्थागत निर्णय प्रक्रिया लगाएतका विषयमा आयोजित तालिममा गैसस महासंघ बाँकेका सचिव नमस्कार शाहले सहजिकरण गर्नु भएको कुरा राइजिङ आइडल्स बाँकेका कार्यक्रम अधिकृत विष्णु प्रसाद अधिकारीले जानकारी दिनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij