मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

महिलाहरु रातको समयमा कहिले पनि नगर्नुस् यी कार्यहरु ! के गर्दा चाहीं मिल्छ लाभैलाभ ?

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५



  • हिन्दू शास्त्रअनुसार महिलाहरुलाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो। कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ। आज हामी तपाईहरुलाई ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार महिलाहरुले रातको समय केही कार्य गर्दा घरमा लक्ष्मीले वास गर्ने हुँदा यस विषयमा जानकारी गराउन जाँदै छौँ।

    रातको समयमा महिलाहरुले गर्न हुँदैन यी कार्य :

    ज्योतिष शास्त्रका अनुसार, साँझको समयमा महिलाहरु अन्य छिमेकीको घरमा दुध, दही, नुन, तेल र प्याज माग्न जानु अशुभ हुने गर्छ। महिलाहरुको यो कार्यले जीवनमा धेरै दुख कष्टको सामना गर्नुपर्ने वा आर्थिक नोक्सान हुँदै जाने मान्यता रहेको छ। त्यसैगरी महिलाहरुले बेलुकी खाना खाईसकेपछि भान्सामा कुनै जुठा भाँडा नराखी सफा गर्ने गर्नुपर्छ। यसो गर्दा घरमा लक्ष्मीले बास गर्ने र प्रशस्त धन सम्पति संचित गर्ने अवसर मिल्नेछ भने जीवनमा सोचे अनुसार सफलता हँसिल गर्न सकिन्छ।

    महिलाहरुले रातको समयमा यी कामहरु गर्दा मिल्नेछ अधिक लाभ :

    ज्योतिष शास्त्रका अनुसार महिलाले महिनामा एकपटक घरका सबै कोठाको सुरक्षित स्थानमा कालो नुन राख्नुपर्छ । यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पनन भएका नकारात्मक उर्जा बाहिर निकाल्न मद्धत पुर्याउछ । राती सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ । यसो गर्दा जीवनमा प्रशस्त धन लाभ गर्ने अवसर मिल्नेछ। रातमा सुत्नुअघि भान्छामा एक लोटा पानी भरेर राख्ने गर्नुपर्छ। यसरी सुत्नु अघि लोटामा पनि भरेर राख्दा पितृ खुशी हुने र उनीहरुको कृपाले जीवनमा ठुलो सफलता हात पार्न सकिनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij