प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५
निलम ओली , दाङ । दाङमा नेपाली सेनाले पाण्डवेश्वर महादेब धामको परिसर सरसफाई गरेको छ । घोराही उ.प.मा ५ स्थित धारापानी पाण्डवेश्वर महादेब धाममा ११ गतेदेखि १८ गतेसम्म श्रीमदभागवत धनधान्याचल ज्ञान महायज्ञ तथा सांस्कृतीक महोत्सब संचालन हुन लागेको छ ।

सोही कार्यक्रमलाई मध्यनजर गरी श्री रिपुमर्दन गण भरतपुर व्यारेक, दाङबाट सह सेनानी अर्जुन कुमार थापाको कमाण्डमा ३५ जनाको संख्यामा खट्टिएको टोलीले पाण्डवेश्वर महादेब धामको परिसर सरसफाई गरेको हो ।
उक्त सरसफाई कार्यक्रममा नेपाल प्रहरी, घोराही उ.म.न.पा.१७ अन्तर्गतका बिद्यालयका छात्र-छात्राहरु लगायत स्थानीय बासीहरुको समेत उल्लेख्य रुपमा सहभागी भएको रहेको पाण्डवेश्वर महादेब धामका सचिब बिष्णुराम आचार्यले जलजलाखबरसँग बताउनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij