मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सिसी क्यामेरालाई चुनौती दिने प्रविधि

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १४, २०७५



  • ताप्लेजुङ । ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जानेसम्मको काम गर्छ ।

    घरको ढोका या कुनै प्रवेशद्वारमा जडान गरेर राख्न सकिने यो प्रविधिले कोही मानिस ढोकाबाट भित्र प्रवेश गर्ना साथै फोटो र भिडियो कैद गर्न शुरु गर्छ भने मोबाइलमा फोनसमेत डायल हुन्छ । जुन नम्बर सेटिङ गरेर राखिएको हुन्छ, त्यही नम्बरमा फोन डायल हुन्छ । जब ढोकाबाट बाहिर निस्किएपछि उक्त प्रविधि निष्क्रिय हुन्छ ।

    मोबाइल सेट, मोबाइलकै क्यामेरा, रेडियोलगायतका पार्टस जडान गरेर सेन्सरसहितको उक्त प्रविधि तयार गर्न झण्डै एक महीना समय लागेको लम्वाले बताए । यसअघि उनले अटो पावर अन अफ नामक प्रविधि तयार गरेका थिए। विद्युत्को टर्वाइन स्वतः खुल्ने र बन्द हुने कार्य गथ्र्यो ।

    लाइटिङ कन्ट्रोल मेशिन तयार गरेर एक महीनासम्म स्थानीय जलविद्युत् आयोजनामा जडान गरी प्रयोगमा ल्याइएको थियो । यस प्रविधि चट्याङबाट हुने क्षतिलाई रोक्ने कार्य गथ्र्यो । चट्याङ पर्नुअघि नै विद्युत् जेनेरेटरलाई बन्द गर्ने क्षमताको उक्त प्रविधि बनाउन पनि एक महीना समय लागेको लम्वाले बताए ।

    पारिवारिक अवस्था कमजोरलगायतका कारण कक्षा ८ सम्म मात्रै अध्ययन गर्न पाएका उनले सानैदेखि रेडियो, घडीलगायत इलेक्टोनिक सामग्रीको मर्मत गर्ने कार्य गर्थे । “सानै उमेरदेखि रेडियो घडीको मर्मत गर्ने कार्य गर्दै आइयो, रेडियोमा भएका विभिन्न पार्टसले के के काम गर्छ भन्ने अध्ययन गर्दै गएपछि तिनै पार्टसबाट नयाँ नयाँ कुराको सिर्जना गर्न थालियो र अहिले आएर सबैलाई काम लाग्ने प्रविधिको विकास गर्न सफल भएँ,” लम्वाले भने। उमेरले २५ वर्षका लम्वाले अब घरको ढोकालाई सेन्सरबाटै खोल्न र बन्द गर्न सकिने प्रविधि बनाउने सुनाए ।

    उनको कार्यलाई देखेर उहाँको परिवार मात्रै हैन छरछिमेकीसमेत आश्चर्यमा पर्न थालेका छन् । सामान्य अध्ययन गरेका लम्वाले कुनै ठाउँबाट तालीम नलिई घरैमा बसेर एकपछि अर्को प्रविधि तयार गर्दा उनीहरु आश्चर्यमा परेका हुन् । आर्थिक रुपमा कमजोर रहेका लम्वाले विभिन्न सामग्रीको खरीद र सहजताका लागि राज्यले सहयोग गरे अझ नयाँ प्रविधिको निर्माणमा लाग्ने बताए। आफ्नो सीप र मिहेनतले राज्यलाई नै सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताउँदै लम्वाले आफूले पनि सहयोग पाउनेमा ढुक्क रहेको बताए ।

    केही दिनअघि मात्रै आफूले बनाएका सामग्री सदरमुकाममा ल्याएर सञ्चारकर्मीमाझ प्रदर्शनसमेत गरेका थिए । यसअघि विद्युत् कन्ट्रोल गर्ने सामग्री बनाएर देखाउनुभएका लम्बाले पछिल्लो समयमा अटो सेक्युरिटी नाम दिएर बनाएको एक प्रविधि जडान गरेर प्रदर्शन गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij