मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डडेल्धुरामा आगलागी हुँदा ८ वर्षीया बालिकाको मृत्यु, एक गम्भिर घाइते

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १५, २०७५



  • डडेल्धुरा । डडेल्धुरामा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ भने एक गम्भिर घाइते भएकी छन्।

    मंगलबार राती करिब सवा ८ बजेतिर जिल्लाको आलिताल गाउँपालिका ८ गोदामबजारमा आगलागी हुँदा स्थानीय उत्तम थापाको छोरी ८ वर्षीया आरती थापाको मृत्यु भएको छ।

    साथै आगलागीमा परी उत्तम थापाकै १९ वर्षीया छोरी निरुता थापा गम्भिर घाइते भएकी छन्। उनलाई उपचारका लागि जोगबुडा स्वास्थ्य केन्द्र हुँदै घनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

    थापाको किराना पसलबाट लागेको आगोले संगैका छिमेकी रामबहादुर धामी, दिलबहादुर रानाको घरसहित जल्दा डोजर लगाएर आगो नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेले जानकारी दिए।

    डिसी नेपालसंग कुरा गर्दै उनले भने, ‘पानी परेका कारण बिजुली बत्ती गएको र त्यसै बखतमा थापा दिदीबहिनी मैनबत्ती बालेर किताब पढीरहेका बेलामा मैनबत्ती सकिएर नजिकैको चाउँचाउको पेटीमा आगो लागेर मृत्यु भएको जानकारी आएको छ।’

    आगोमा जल्दै गरेकी छोरी बाहिर आएपछि परिवारका सदस्यले जानकारी पाएको बताइएको छ। आगलागीमा अन्य क्षति भने एकीन जानकारी नआएको प्रहरी निरीक्षक पाण्डेले जनाए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij