प्रकाशित मिति : बुधबार, फाल्गुन १५, २०७५
आज मिति वि.सं. २०७५ साल फागुन १५ गते बुधबार तदनुसार इश्वी सम्वत सन् २०१९ फेब्रुवरी २७ तारिख। फाल्गुण कृष्णपक्ष,अष्टमी तिथि र १०:१० बजेउप्रान्त नवमी। प्रस्तुत छ आजको राशिफल :
मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
उत्साह बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । कार्यक्षेत्रमा कडा मेहनत गर्नुपर्नेछ । मौसमका कारण स्वास्थ्यमा समस्या देखिनेछ ।
बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा प्रगति हुनेछ । कार्यस्थलमा सम्मान र प्रशंसा मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । फलदायी यात्रा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)
योजना अनुसार काम नबन्दा खिन्नता बढ्नेछ । कडा महेनतले गर्दा परिणाम आफ्नो पक्षमा हुनेछ । परिवारको साथ मिल्नेछ । मान्यजन तथा प्रतिष्ठित व्यक्तिको सुझावले अगाडी बढ्नु राम्रो हुनेछ ।
कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक पक्ष बलियो हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । मेहनत अनुसारको फल मिल्नेछ । नयाँ कार्यको सुरुवात हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ सम्बन्धहरु बन्नेछन् । फलदायी यात्रा हुनेछ । आज गरेको मेहनतले आर्थिक पक्ष बलियो हुनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । आफ्नो लक्ष्य प्राप्तिको बाटोमा अग्रसर भइनेछ ।
कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्यले साथ दिनेछ । जटिल कामहरु पनि सम्पन्न हुनेछन् । रोकिएको काम सुचारु हुनेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । पूरानो साथीसंग भेटघाट हुनेछ ।
तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्नेछ । कार्यस्थलमा गलत सुचनाले गर्दा समस्या उत्पन्न हुनेछ । परिवारको सहयोग रहनेछ । शुभ समाचार प्राप्त हुनेछ । धार्मिक कार्यमा मन जानेछ ।
बृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कठिनाइको सामना गर्ने हिम्मत मिल्नेछ । नोकरीमा प्रगति हुनेछ । प्रतियोगिताहरुमा सफलता मिल्नेछ । नयाँ कार्यको सुरुवात हुनेछ । परिवारमा खुशी छाउनेछ ।
धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक समस्याका कारण तनाव उत्पन्न हुनेछ । कामको दबाब बढ्नेछ । कठीन परिस्थितिको सामना गर्नुपर्नेछ । परिवारका सदस्यको पूर्ण साथ मिल्नेछ ।
मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला, साहित्यमा प्रगति हुनेछ । बोलीको प्रभाव बढ्नेछ । धन लाभ हुनेछ । नयाँ योजनाहरु बन्नेछन् । परिवारमा शुभ कार्यको चर्चा चल्नेछ ।
कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अधिकांश प्रयासहरु सफल हुनेछन् । आफ्नो सोंचका कारण मान प्रतिष्ठा बढ्नेछ । छोटो दुरीको यात्राको योग रहेको छ । आर्थिक पक्ष बलियो रहनेछ ।
मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कडा मेहनत गर्नुपर्नेछ । काममा धैर्य रहनुपर्ने समय रहेको छ । नयाँ सम्बन्धहरु बन्नेछन् । फलदायी यात्राको योग रहेको छ । प्रेम प्रस्ताव आउनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij