मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

वर्षाका कारण गुल्मीको रेसुङ्गामा चौथो पटक हिमपात

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १५, २०७५



  • तम्घास। गएरातिदेखि परेको वर्षाका कारण गुल्मीको रेसुङ्गा, मदाने, सत्यवतीलगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपात र वर्षाका कारण बुधबार बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ । जिल्ला सदरमुकाम तम्घासलगायतका उच्च भू–भागमा निकै चिसो समेत बढेको छ

    लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने सवारी साधन कमै मात्रमा सञ्चालन भएका छन् । वर्षासँगै ग्रामीण सडकमा हिलो थुप्रिएका कारण सवारी साधन सञ्चालनमा समस्या भएको हो । सरकारी कार्यालयमा सेवा लिनका लागि आउने सेवाग्राहीको सङ्ख्या आज न्यून रहेको छ ।

    सदरमुकाम तम्घाससँगै जोडिएको रेसुङ्गा क्षेत्रअन्तर्गत पोखरी, यज्ञशाला, सिद्धस्थान, भ्यूटावरलगायतका क्षेत्रमा व्यापक हिमपात भएपछि सदरमुकाम तम्घासमा अत्यधिक चिसो बढेको छ ।

    चिसोका कारण कतिपय विद्यालयमा पठनपाठन समेत प्रभावित बनेको छ । हिउँ र हिउँदे वर्षाले खेतबारीमा लगाएका बालीनाली सप्रिने र खेतीपाती समेत राम्रो हुने भएका कारण जिल्लाका कृषक खुशी भनेका छन् । गुल्मीमा यसवर्ष मात्र चौथो पटक हिमपात भएको हो ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij