मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नगरकोटमा हिउँबाट गणेशको आकृति बनाउँदै हरिशरण…

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७, २०७५



  • बिहीबार बिहानै हिउँ परेपछि काठमाडौं उपत्यकावासी धेरै हिउँ खेल्न निस्किए। अरु दिन जाडोले ओछ्यान नछोड्ने बिहीबार बिहान घरआँगनमै हिउँ पर्न थालेपछि के बुढा, के बच्चा सबै हिउँ खेलेर रमाए।काठमाडौं उपत्यकामा २०६३ सालपछि बिहीबार बाक्लो हि उँ परेको हो। जसले गर्दा हिउँ खेल्न चन्द्रागिरी, फूल्चोकी, दामन, सिमभञ्ज्याङ, कालिञ्चोक, मुक्तिनाथ जाने गरेका उपत्यकावासील घरआँगनमै रमाए।घरआँगनमा हिउँ खेलेर धीत नमरेका भने काठमाडौं उपत्यका घेरिएका अग्ला पहाड तथा डाँडामा हिउँ खेलेर थप रमाए। भक्तपुरको तल्लो क्षेत्रमा हिउँ खेलेर रमाउन नपुगेका नगरकोट, चाँगुनारायण, घ्याम्पे डाँडा, रानीकोटसम्म पुगेर हिउँ खेल्ने कम थिएन।

    नगरकोटमा बिहीबार हिउँ खेल्न पुग्ने आन्तरिक पर्यटक ओइरो नै लागेको थियो। भक्तपुरबाट खरिपाटी, तेलकोट, सल्लाघारी, बाघमारा, बसपार्क हुँदै हिउँ खेल्दै नगरकोट पुग्नेहरुको ताँती नै लागेको थियो। नगरकोट टावरमा पुगेका अधिकांश एकले अर्कोलाई हिउँ का डल्लाले हिर्काएर रमाइरहेका थिए। कोही हिउँमै चिप्लेटी खेलिरहेका थिए। यसबीच सबैजसो हिउँमा फोटो खिच्न व्यस्त थिए। कोही हिउँको थुप्रो देख्नेवित्तिकै सेल्फी खिच्न मग्न थिए।कोहीकोही जाने पनि नजाने पनि हिउँका विभिन्न आकृति बनाइरहेका थिए। सबैको एउटै आकृति हुन्थ्यो हिम मानव (स्नो म्यान)।

    स्यूँस्यूँ गर्दै हिम मानव बनाइसकेपछि त्यसैसँग फोटो खिच्न भ्याइनभ्याई।यसरी सबै हिउँमा रमाइरहेका बेला भक्तपुर नपा ४ हरिशरण प्रजापति भने हिउँमा खेलिरहेकालाई ध्यान नदिएर एकोहोरो हिउँमा कला पोखिरहेका थिए। पेसाले माटोको भाडालगायतका क्युरियो सामग्री बनाउने कुमाले हरिशरणले हिउँकै गणेश, हाँसलगायतका प्रतिमा बनाएर हिउँमा आफ्नो कला पोखिरहेका थिए।उनले सल्लाको रुपमा हिउँबाट गणेशको मूर्ति बनाइरहँदा कोही कोही हिउँ खेल्न छाडेर उनको कलाकारितामा ध्यान दिइरहेका थिए।हरिशरण आ फ्नो माटोका भाडा बनाउने कुचीले भने एकमग्न भई हिउँमा कला पोखिरहेका थिए।

    हिउँमा कला पोख्न उनलाई छोरा रसिकले साथ दिइरहेका थिए। हिउँको थुप्रोमा हरिशरण आकृति बनाइरहने रसिक हिउँ बोकेर बाबुको अगाडि राख्ने।हरिशरण र रसिकको मेहनत देखेर हिउँमा खेलेर रमाइरहेकाहरु पनि हरिशरण नै नक्कल गरेर विभिन्न आकृति बनाउँथे तर चित्त नबुझेपछि डल्लै टिपेर आफ्ना साथीहरुलाई हिउँले हिर्काउँथे।कलाकार प्रजापतिले १२ वर्षपछि परेको हिउँमा आफ्नो कलाकारिता पोख्नकै लागि नगरकोट पुगेको सुनाए। ‘घरमै पनि हिउँ परेको हो तर कलाकारिता पोख्न पर्याप्त भएन’, उनले भने, ‘घरमा पनि हिउँका विभिन्न मूर्ति बनाएको थिएँ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij