प्रकाशित मिति : आइतवार, फाल्गुन १९, २०७५
पोखरा । पोखराको फेवातालमा एक युवतीको शव फेला परेको छ। कास्कीको अन्नपुर्ण गाँउपालिका २, ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारी फेवातालमा मृत भेटिएकी हुन्।
पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिरहेको अबस्थामा दिव्याको शव र नजिकै उनको स्कुटर फेला परेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।
नर्सिङ अध्ययनरत अधिकारी सबेरै क्याम्पस जानका लागि घरबाट हिँडेको परिवारले जनाएको छ। हाल दिव्याको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ।
उक्त घटना बारे थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले बताएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij