मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रदेश प्रमुख कुँवरले भेटे दिवंगत मन्त्री अधिकारीको परिवारलाई

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २०, २०७५



  • पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले पर्यटन मन्त्री रवीन्द्र अधिकारीका शोकाकुल परिवारलाई आइतबार भेटेका छन्।

    पोखरा–५, मालेपाटनस्थित निवासमा पुगी दिवंगत अधिकारीका परिवारजनलाई भेटी प्रदेश प्रमुख कुँवरले समवेदना प्रकट गरेका हुन्।अधिकारीकी धर्मपत्नी विद्या अधिकारी भट्टराई, छोरा स्वराजसँग छोटो कुराकानी गर्दै कुँवरले शोकाकुल सबै परिवारजनलाई समवेदना प्रकट गरे।

    प्रदेश प्रमुख कुँवरले मन्त्री अधिकारीको निधनले परिवार, समाज, प्रदेश र पूरै मुलकुलाई अपूरणीय क्षति भएकाले समग्र देशलाई नै स्तब्ध बनाएको बताए।

    मेरो भाइजस्तै मलाई सधैँ दाजु बनेर बोलाउने स्नेही र सधैँ प्रशन्न रहने उच्च व्यक्तित्व कहिलेकाही पवित्र कोखबाट जन्मने गर्छन् । धन्य छ त्यो पवित्र कोख जसले यस्तो ओजस्वी नागरिक, नेता मातृभूमिलाई दिएको थियो । बिडम्बना दैवको त्रूmर प्रहार यस्तो व्यक्तित्वलाई हामीबाट चुडेर लग्यो, प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा उल्लेख गरेका छन्।

    मन्त्री अधिकारीको स्मरण

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा संगठन कमिटी पोखरा–३३ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा आइतबार श्रद्धाञ्जली कार्यक्रम गरेको छ।

    कार्यक्रममा नेकपाका जिल्ला सदस्य युवराज पौडेलले विकास प्रेमी नेताका रुपमा अधिकारीको स्मरण गर्दै उनको निधनले राष्ट्रलाई अपूरणीय  क्षति भएको बताए। पोखरा–३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले अधिकारीको पहलमा वडा भित्र धेरै योजना अघि बढीरहेको बताउँदै ती योजनालाई समन्वयात्मक रुपमा अघि बढाउँदै सम्पन्न गरिने बताए।

    विकासमा यो वा त्यो नभनी सबैलाई मिलाएर लैजान सक्ने क्षमता अधिकारीमा रहेको उल्लेख गर्दै आचार्यले कुशल संगठक, मिलनसारिता जस्ता उहाँमा रहेका धेरै गुण प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय भएको बताए।

    कार्यक्रममा नेकपा वडा संगठन पार्टी कमिटीका संयोजक गुरुप्रसाद क्रान्तिकारी, सह संयोजक गोपाल पुनलगायतले विकास प्रेमी नेता अधिकारीको निधनले राष्ट्रलाई ठूलो क्षति पुर्याएको बताउँदै अधिकारीका मार्गदर्शनलाई प्रेरणाका रुपमा लिँदै अघि बढ्नुपर्नेमा जोड दिए।

    २०२६ सालमा पोखरा ३३, भरतपोखरी जामुनाबोटमा जन्मेका अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij