प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५
काठमाडौं : बच्चाहरूलाई खाना खुवाउन महाभारतै हुन्छ । उनीहरू सागपात र स्वस्थ खानेकुरा प्रायः खान मान्दैनन् अनि भोक लाग्या छैन भनिदिन्छन्। बच्चाले यसो गर्दा आमालाई हैरानै हुन्छ।
बढ्दो उमेरका
बच्चाहरूलाई पूर्ण पोषणका लागि फल, सागपात र सन्तुलित भोजन दिनु जरूरी हुन्छ । यहाँ दिइएका टिप्स अपनाएर बच्चाको भोक बढाउनुस्।
घरको खाना
बजारको खानेकुराले बच्चाको स्वास्थ्यमा खराब असर पार्छ किनकि त्यसमा हाईजीनमा ध्यान दिइएको हुँदैन। बच्चालाई शुरुदेखि नै घरमा बनेको खाना खाने बानी बसाल्नुस्। उनीहरूलाई फ्रुट सलाद खान दिनुस् । त्यसमा चाट मसला हालेर स्वाद बढाउन सकिन्छ।
सागपातको स्न्याक्स
बच्चाहरूलाई गाजर, मटर र पालुंगोको स्न्याक बनाएर खुवाउनुस् । हरियो सागपातको कटलेट बनाएर खुवाउन सक्नुहुन्छ। मिक्स भेज सूप पनि समय समयमा पियाउनुस्।
जंक फूडसँग रोटी
बच्चाहरू पिज्जा, बर्गर र नूडल खान मन पराउँछन्। त्यसमा तपाईंले पोषक कुरा मिसाउन सक्नुहुन्छ। पिज्जाको बेसमा होल ग्रेन आँटा प्रयोग गर्नुस् । अनि नूडलमा तरकारी हालेर रोटीमा बेरेर बच्चाहरूलाई खुवाउन सक्नुहुन्छ। एजेन्सी
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij