प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५
तनहुँ । आज तनहुँको दमौली नजिकै जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा परी १२ जना यात्रु घाईते भएका छन्।
तनहुँको बन्दिपुर गाउँपालिका ३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै दुर्घटना भएको हो।
जीपको टायर पड्किएर सडकबाट करिब १० मिटर तल खस्दा रामकोटका ७५ वर्षीय बुद्धिबहादुर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जीप दुर्घटनामा परी चालक नरबहादुर घर्ती र मालिक दलबहादुर सुनारीसहित यात्रुहरु कुमार बस्याल, होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा, देवीमाया थापा खुममाया थापा, बेलिसरा थापा मगर, मिरा थापा र लक्ष्मी पन्थ रहेका छन्।
चालक घर्तीको मणिपाल शिक्षण अस्पताल र अन्य घाइतेको दमौली स्थित रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij