मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विद्युत् प्रसारण लाइन विस्तारको माग

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५



  • पशुपतिनगर । लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् । लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरुले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका हुन् ।

    साना खोलामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्माण गरिएका लघु जलविद्युत् आयोजना बिग्रने क्रम बढेपछि उपभोक्ता मारमा परेका छन् । फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार नभएपछि उपभोक्ताको पहलमा लघु जलविद्युत अयोजना सञ्चालनमा आएका थिए । ती आयोजनाका उपकरण पटक–पटक बिग्रने तथा बनाउन उपभोक्तालाई आर्थिक भार हुने गरेको फाकफोकथुमका प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले बताए ।

    फाकफोकथुमको थावाखोला लघु जलविद्युत् आयोजनामा प्राविधिक समस्या भएपछि उपभोक्ताले दुई हप्तासम्म अँध्यारोमा बस्नुपरेको थियो । टेलिभिजन र मोबाइल चार्जरमा क्षति पुगेको स्थानीयवासी भेषराज पराजुलीले बताए । घरमा बिजुली बाल्न रु सात हजारदेखि रु ६० हजारसम्म खर्च गरेका उपभोक्ता प्राविधिक समस्याका कारण सास्ती खेप्दै आएका छन् । उपभोक्तालाई ऋणमाथि ऋणको भार थपिँदै गएको छ । फाकफोकथुम र माङ्सेबुङमा लघुजलविद्युत् आयोजनाबाट एक हजारभन्दा बढी परिवारले विद्युत् उपभोग गर्दै आएका छन् । आयोजना मर्मत गर्न कोष नहुँदा मर्मत गर्न समस्या भएको हो । उपभोक्ताले मर्मतसम्भार गर्न नसक्ने भएकाले केन्द्रीय प्रसारण लाइन विस्तारको माग गरेका हुन् ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij