प्रकाशित मिति : बुधबार, फाल्गुन २२, २०७५
ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित सिस्नेभीरको दाह्रेढुंगामा एक साता अघि भएको डाइनेष्टिक एयरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेला परेको छ।
अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले मंगलबार घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको हो।
उक्त दुर्घटनामा जमदार घिमिरेसहित ७ जनाको ज्यान गएको थियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij