मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउन महाखुत्रुके अभियान

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५



  • बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासस्थित होटलहरूले महाखुत्रुके अभियान चलाएर चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउँदैछन्।

    रङ्गशाला निर्माणमा आमचासो बढाउन र निर्माणकार्यमा सबैलाई जोड्न महाखुत्रुके अभियान शुरु गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ महोत्तरीले जनाएको हो।

    “बर्दिवासका सबैजसो होटलको काउण्टर नजिकै आकर्षक खुत्रुक्के राखिएका छन्”, महासङ्घ महोत्तरी समितिका सचिव तथा बर्दिवासस्थित होटल गौरीशङ्करका सञ्चालक नारायण घिमिरेले भने, “होटलमा खाना खान र बासका लागि आउने अतिथिको आँखा पर्नेगरी राखिएको आकर्षक खुत्रुके सबैको नजरमा पर्ने गरेको छ।” अतिथिले खुत्रुकेबारे जिज्ञासा राखेपछि त्यसको उद्देश्य बताउनासाथ स्वेच्छाले केही रकम त्यसमा झार्ने गरेको सचिव घिमिरे बताउँछन्।

    धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माण गर्ने घोषणा गरेर प्रारम्भिक काम थालिएको बताएसँगै होटल तथा पर्यटन व्यवसायीले प्रदेश नं २ भरि नै महाखुत्रुके अभियान शुरु गरेका हुन्। “हामीले बर्दिवासमा चाहिँ खुत्रुके राखेर सहयोग सङ्कलन शुरु गरिसकेका छौँ”, नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश नं २ का अध्यक्ष तथा बर्दिवासस्थित होटल गौतमका सञ्चालक हिरालाल गौतमले भने, “प्रदेशका आठवटै जिल्लामा खुत्रुके धमाधम पठाइँदैछ, यो अभियानबाट अर्थसङ्कलनसँगै रङ्गशाला निर्माणबारे आमचासो बढाउने हाम्रो उद्देश्य हो।”

    गत शनिबार एक समारोहबीच महाखुत्रुके अभियान शुरु गरिएको थियो। एक साताभित्रै प्रदेशभित्रका आठ जिल्लाका ५०० होटलमा खुत्रुके अभियान शुरु भइसक्ने महासङ्घ प्रदेश नं २ समितिले जनाएको छ। “रङ्गशाला बन्न करीब तीन अर्बको लागत अनुमान गरिएको रहेछ, यो रकम बढीभन्दा बढी नेपालीबाट सङ्कलन गरेर रङ्गशालामा अपनत्व बढाउने अभियानको मुख्य उद्देश्य हो”, अध्यक्ष गौतमले भने।

    “मुलुकका करीब तीन करोड नेपालीलाई भाग लगाउँदा रङ्गशाला निर्माणको कूल लागत जुटाउन एक नेपालीमा रु १०० पर्दोरहेछ” महासङ्घ प्रदेश नं २ समितिका वरिष्ठ सल्लाहकार एवं बर्दिवासकै होटल विनायकका सञ्चालक विष्णु खड्काले भने, “हामी यो रकम बढीभन्दा बढी नेपालीको सहयोगबाट जुटोस् भन्ने ध्येयका साथ अभियानमा जुटेका हौँ।”

    माहखुत्रुके अभियानमा अहिले होटलमा आउने अतिथिले चासो बढाएको र स्वेच्छिक सहयोग गर्न थालेको बर्दिवासका होटल व्यवसायी बताउँछन्। आफ्नो होटलमा राखिएको खुत्रुके भरिँदै गएको होटल गौतमका प्रबन्धक राजकुमार दाहाल बताउँछन्।

    नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश नं २ समितिले ताल्चा लगाएर होटल–होटलमा राखेको खुत्रुके प्रत्येक महीनाको मसान्तमा खोलेर धुर्मुस–सुन्तली फाउण्डेशनलाई बुझाइने जनाएको छ।

    महाखुत्रुके अभियान शुरु गरेकै दिन बर्दिवासका होटल तथा अन्य व्यवसायीले रु २२ लाख ४० हजार ५०० नगद फाउण्डेशनका अध्यक्ष हाँस्यकलाकार सीताराम कट्टेल ९धुर्मुस०लाई हस्तान्तरण गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij