मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

करीनाका छोरा तैमूरसँग ‘डेट’ जान चाहान्छिन् यी अभिनेत्री

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४, २०७५



  • मुम्बई । सेलीबे्रटी मात्र होइनन् उनीहरुका सन्तानको बारेमा पनि निकै चर्चा हुने गर्छ बलिउडमा । धेरैजसो अभिनेता तथा अभिनेत्रीका सन्तान पनि बलिउडमा प्रवेश गरेर आफ्नो स्थान बनाइसकेका छन् । परिवार नै बलिउडमा लाग्ने प्रवृति व्याप्त छ बलिउडमा । जसको कारण समयसमयमा भाई–भतिजावादको विषयलाई लिएर विवाद बल्झने गर्छ ।

    यस्तैमा, यतिवेला सबैको नजरमा परेका छन् अभिनेत्री करीना कपूर तथा अभिनेता सैफ अली खानका छोरा तैमुर खान । सानै उमेरमा उनको चर्चा शिखरमा छ । धेरैजना सामाजिक सञ्जालको तस्बिरमार्फत उनको फ्यान भइसकेका छन् ।

    उनीसँग निकट भविष्यमा नै काम गर्न चाहेको अभिनेत रणवीर सिंहले बताएका छन् । उनले करण जोहरको कार्यक्रममा तैमुरसँग काम गर्न रहर लागको बताएका थिए ।

    यता, अभिनेत्री तापसी पन्नूले तैमुरसँग ‘डेट’ जान चाहेको खुलाएकी छिन् । उनले भारतीय मिडियाको कार्यक्रम ‘बलिउड हंगामा’ लाई अन्तर्वार्ता दिँदै आफूलाई तैमूरसँग ‘डेट’ जान मन लागको बताएकी हुन् । तपाईं बलिउडका कुन अभिनेतासँग डेज जान चाहानुहुन्छ ? भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, ‘ बलिउड ? के म तैमूरसँग डेट जान सक्छु ?’

    तापसी अहिले उनको आउँदै गरेको फिल्म ‘बदला’ को रिलीजको तयारीमा छन् । मार्च ८ रिलीज मिति तोकिएको फिल्ममा अमिताभ बच्चन र अमृता सिंहको महत्वपूर्ण भूमिका रहेको छ । सुन्जाय घोषको निर्देशनमा तयार भएको यो फिल्मलाई शाहरुख खानको प्रोडक्शन हाउस ‘रेड चिलीज इन्टरटेन्टमेन्ट’ ले उत्पादन गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij