मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शाकाहारी स्पेशल : मुखै रसाउने च्याउको छोइला बनाउने सजिलो तरिका

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५



  • काठमाडौं । छोइला विशेषगरि नेवारी समुदायले खाने परिकार हो। तर आजकल यो परिकार सबैको प्रिय परिकार बनेको छ। छोइला बनाउँदा धेरैजसो मासुको बनाउने गरिन्छ। तर सोयाबिनको मस्यौरा, च्याउ आदिको पनि छोइला बनाउन सकिन्छ, जुन शाकाहारीहरुको लागि उपयुक्त परिकार हुन्छ। आज हामी यस भिडियोमा च्याउको छोइला बनाउन सिकाउँदैछौँ जुन आजभोली निकै मनपराएका छन् मानिसहरुले ।

    आवश्यक सामग्री
    च्याउ , प्याज, हरियो खुर्सानी, लसुन, अदुवा
    बेसार, नुन, जिरा धनियाँ पाउडर, मेथी
    सुकेको खुर्सानी, उसिनेको टमाटर, टिमुर

    बनाउने विधि :
    च्याउलाई राम्रोसंग केलाउने र तातो पानीले पखाल्ने।
    च्याउबाट पानी निकालेर सुख्खा बनाउने।
    अब एउटा भाँडोमा तेल तताउने र तेल तातेपछि त्यसमा च्याउ राखेर फ्राई गर्ने।
    त्यसपछि लसुन, अदुवा, टिमुर, टमाटर, मसलाको पेस्ट बनाउने।
    फ्राई भएको च्याउलाई एउटा भाँडोमा राख्ने र त्यसमा अघि बनाएको पेस्ट राख्ने।
    अब प्यानमा तेल तताएर त्यसमा बेसार र मेथी फुराउने।
    त्यसपछि च्याउमा त्यो तेलले झान्ने।
    अब त्यसमा खुर्सानी, हरियो प्याज, लसुनको पात आदि सबै राखेर राम्रोसंग मोल्ने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij