मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बैतडीको पाटन तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५



  • बैतडी । बैतडीको पाटनमा ग्रेडरले किचेर एक विद्यार्थीको मृत्यु भएपछि दोषीमाथी कारवाही र पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै स्थानीयले चर्काएको आन्दोलनका कारण उक्त क्षेत्र तनाबग्रस्त बनेको छ ।

    मृतकका आक्रोसित आफन्त र विद्यार्थीले राजमार्ग बन्द गराएर इलाका प्रहरी कार्यालय पाटनमा ढुंंगामुढा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।

    आक्रोसित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।

    इलाका प्रहरी कार्यालय भित्र घटनाका बिषयमा छलफल भईरहेका बेला बाहिरबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रहरीको लाठीचार्जबाट दुईजना विद्यार्थी घाइते भएका छन् ।

    हिजो साँझ पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ बर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा उनको घटनास्थलमा मृत्यु भएको थियो भने ग्रेडर चालक अझै फरार छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij