मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपालमा राजनीतिक उथलपुथल हुनसक्ने ज्योतिसले गरे भविष्यवाणी

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५



  • काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी गर्ने गर्छन् र ति भविष्यवाणीहरू पुग्ने गर्छन् पनि ।

    केही महिना अघि पनि उनले अन्यभन्दा पनि राजनीतिक व्यक्तिको दुर्घटना हुनसक्ने बताएको अन्तर्वार्ता प्रकाशन भएको थियो । तर त्यतिबेला नक्कली ज्योतिषहरूको आतंक मच्चिरहेको ले त्यसतर्फ कसैको खासै वास्ता पुगेन होला । तर उनले भनेजस्तै राजनीतिक पात्रको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि फेरि उनले भनेको मिलेको मान्छेहरूले महसूस् गरे ।

    फेरि पनि ज्यो. सुवेदीले एक अन्तर्वार्ता दिँदै केही महत्त्वपूर्ण विषयमा भविष्यवाणी गरेका छन् । अन्तर्वार्ताको भिडियोमा अझै राजनीतिक पक्षको व्यक्ति र राजनीतिक व्यवस्था नै पनि दुर्घटनामा पर्नसक्ने उनको भनाई देखिन्छ ।

    के नेपालमा राजसंस्था आउने सम्भावना छ ? वर्तमान सरकारको आयु कति ? लगायत अरु धेरै महत्त्वपूर्ण एवं गम्भीर सवालमाका प्रश्नहरूमा उनले अन्तर्वार्ताको क्रममा भविष्यवाणी गरेका छन् ।

    संविधान जारी गर्दाको ग्रह अनुकूल नपरेको बताउँदै अन्तर्वातामा सुवेदीले नेपालमा राजसंस्था पुनःस्थापित हुने र नेपालको लागि राजसंस्था बढी हितकर हुने बताएका छन् । साथमा उनले नयाँ राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने हो भने पनि गर्नपर्ने विषयको बारेमा पनि उनले वताएका छन् । ज्यो. सुवेदीले राजा विरेन्द्रको मृत्युको भविष्यवाणी लगायत धेरै विषयमा ज्योतिषीय फलादेश गरेका थिए ।

    राजनीतिक मात्रै नभएर ज्योतिषशास्त्रबाट कसरी बढीभन्दा बढी फाइदा उठाउने, आमसर्वसाधारणहरूलाई पर्ने दुःखकष्ट, संघर्षबाट कसरी मुक्ति पाउने जस्ता विषयमा पनि व्यवहारिक तरिकाबाट उनले अन्तर्वार्तामा अथ्र्याएका छन् । ज्यो. सुवेदीसँगको अन्तर्वार्ता भिडियोमा हेर्न सक्नुहुनेछ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij