मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ललितपुर-मकवानपुर जोड्ने पुलको बोलपत्र आह्वान गरिने

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५



  • ललितपुर ।  भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले छिट्टै ललितपुरदेखि मकवानपुर जोड्ने पुलको बोलपत्र आह्वान गरिने बताएका छन्। गोदावरी नगरपालिकाले तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री महासेठले आगामी जेठ मसान्तसम्ममा कान्ति राजपथ निर्माणको अर्को बोलपत्र पनि आह्वान गर्ने तयारी अघि बढेको जानकारी दिए ।

    चालू आवमा बर्दिवासदेखि निजगढसम्म सडक निर्माण सम्पन्न गरिने बताउँदै उनले काठमाडौँ–केरुङमार्ग जोड्ने सडक निर्माणमा सरकार अघि बढेको जानकारी दिए ।

    देशभर विकासको गति अघि बढाउन यस वर्षभित्र आठ लेन, चार लेन र दुई लेनका ६ हजारदेखि आठ हजार सडक तथा करीब ४०० पुल पनि बन्ने उनले बताए। “सिङ्गापुर बन्न तीस वर्ष लाग्यो, नेपाल अबको चार वर्षभित्र सुन्दर र समृद्ध बन्नेछ”, उनले भने । चार वर्षभित्र सङ्घीय सरकारले एक हजार पाँच सय किमी सडक र दुई हजार आठ सय किमी रेलमार्ग निर्माण गर्ने जिम्मा लिएको पनि उनले बताए ।

    नेपालमा भौतिक पूर्वाधारमध्ये सडककै समस्या रहेको बताउँदै सडक विस्तार र मर्मतका लागि क्षतिपूर्ति र मुआब्जा दिएर काम अघि बढाइने उहाँले स्पष्ट गरे । विकासमा रकम कम हुन नदिइने बताउँदै उनले काम भने समयमै पूरा हुनुपर्नेमा जोड दिए ।

    सो अवसरमा प्रतिनिधिसभा सदस्य नवराज सिलवालले गोदावरी र चापागाउँको सडक विस्तारले चाँडै यहाँ विकासको गति अघि बढाउने बताउँदै गोदावरीलाई समृद्ध नगर बनाउन जनप्रतिनिधि र कर्मचारी मिलेर संँगै अघि बढ्नुपर्नेमा जोड दिए ।

    प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले सो नगरपालिका भौगोलिक रुपमा काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका भएको बताउँदै यसलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । सञ्जेलले भने, “ सातदोबाटोदेखि चापागाउँ जोड्ने सडक मर्मत गर्न मन्त्रीलाई आग्रह गरिसकेका छौँ, यो प्रस्ताव चाँडै पूर्ण हुनेछ भन्ने विश्वास लागेको छ ।”

    अर्का प्रदेशसभा सदस्य राजकाजी महर्जनले प्रदेश सरकारले ललितपुरमा रु ५६ करोड र गोदावरीमारु १५ करोड विनियोजन गरेको जानकारी दिँदै रु ६ करोड बजेट ठैव र ठेचोमा विकासनिर्माणका काम सम्पन्न गर्न खर्च भए पनि बाँकी रु ९ करोडको काम कहाँ कहाँ गर्ने भन्ने अन्योल रहेको बताए ।

    पूर्वसांसद सुशीला नेपालले तीन सरकार मिलेर चुनावका बेला जनतासंँग गरिएका वाचा पूरा गर्न जनप्रतिनिधिलाई आग्रह गरे। नगरपालिका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीले गोदावरीलाई नमूना नगरीका रुपमा विकास गर्न आफूहरु लागिपरेको जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले जिल्लाको ऐतिहासिकस्थलको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्ने बताए। नेपाली काङ्गेस ललितपुरका प्रतिनिधि पुरुषोत्तम सिलवालले नगरपालिकाको विकासमा दुर्लभ जडीबुटीले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

    प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले पर्यटकीय हिसाबले धनी नगरपालिका भएकाले देशकै नमूना नगरपालिका बनाउन आह्वान गरे । सो नगरपालिकाको आफ्नै नयाँ नगरगान सार्वजनिक गरियो ।

    कार्यक्रममा कविता वाचन, पुरस्कार र कदरपत्र वितरण, रक्तदानलगायत गोदावरीका उद्यमी महिलाले बुनेका मालापोते जुत्ता प्रदर्शनी र खरीदबिक्री गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij