मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

इथियोपिया विमान दुर्घटनापछि बोइङ मोडलका जेटहरू ग्राउन्डेड

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • काठमाडौँ । इथियोपियन एअरलाइन्सको विमान दुर्घटनापछि विभिन्न वायुसेवा कम्पनीहरूले बोइङ ७३७ म्याक्स ८ जेट लाई उडानबाट हटाएका छन्।

    आदिस अबाबाबाट उडेको केही मिनेटमै सो विमान आइतवार बिहान दुर्घटनाग्रस्त हुँदा १५७ जनाको मृत्यु भएको थियो।

    पाँच महिनाभित्र बोइङ ७३७ म्याक्स ८ मोडलको विमान दुर्घटनामा परेको यो दोस्रो पटक हो। चीनको उड्डयन नियामक निकायले घरेलु वायुसेवा कम्पनीहरूलाई सो मोडलका विमानहरूको उडान स्थगित गर्न निर्देशन दिएको छ।

    इथियोपियन एअरलाइन्स तथा केमन एअरवेजले पनि सो मोडलका आफ्ना विमानहरू उडानबाट हटाएका छन्।इथियोपियामा विमान दुर्घटना हुनुको कारण अहिले नै भन्न नसकिने विज्ञहरूको धारणा छ।

    केही महिनाअघि इन्डोनेशियमा पनि सोही मोडलको विमान दुर्घटनामा परेको थियो। लायन एअरको स्वामित्वमा रहेको सो विमान पनि धावनमार्गबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त हुँदा १८९ जनाको मृत्यु भएको थियो।

    चीनको नागरिक उड्डयन प्रशासनले एउटा विज्ञप्तिमा दुवै दुर्घटना भर्खर सञ्चालनमा आएका ुबोइङ ७३७ म्याक्स ८ु विमान उड्नासाथ भएकाले तिनमा केही समानता भएको टिप्पणी गरेको छ।

    उसले ती विमानका सबै उडान स्थानीय समयानुसार साँझ ६ बजेभित्र स्थगित गर्न निर्देशन दिएको छ। सो निर्देशनबाट एअर चाइना, चाइना इस्टर्न एअरलाइन्स, चाइना सदर्न एअरलाइन्स र अन्य कम्पनीहरू प्रभावित हुनेछन्।

    चीनमा सो मोडेलका कम्तीमा ९० वटा विमान सञ्चालनमा छन्। बोइङ ७३७ को इन्जिन बनाउने फ्रान्सेली एरोस्पेस समूह साफोँको शेयर मूल्य सोमवार घट्यो।

    सो विमान सन् २०१७ देखि मात्रै नियमित उडानमा प्रयोग हुन थालेको हो। बोइङले आइतवारको दुर्घटनाबाट आफूलाई दुस्ख लागेको भन्दै अनुसन्धानका लागि प्राविधिक सहयोग गर्न टोली पठाउने जनाएको छ।

    इथियोपियाले बोइङ कम्पनी र अमेरिकाका विशेषज्ञहरूसँग समन्वय गरेर दुर्घटना अनुसन्धान गर्नेछ। भारतले पनि सो मोडलका विमान सञ्चालनबारे नियामक निकायहरूसँग छलफल गरेको बताएको छ। भारतमा जेट एअरवेज र स्पाइसजेटले बोइङ ७४७ म्याक्स ८ मोडलका विमान प्रयोग गर्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij