मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ट्राफिक विद्रोहले गर्यो राम्रै काम, हट्यो VIP जाम, राष्ट्रपति अमेरिका जाँदा जे देखियो

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • /fi6«klt e08f/Laf6 clejfbg /fi6«klt ljBfb]jL e08f/L dlxnfsf] l:ylt;DaGwL ;+o'Qm /fi6«;ª3Lo cfof]u -l;P;8ANo'_ sf] ^#cf}F clwj]zgdf efu lng cfOtaf/ ;fFem cd]l/sfsf] Go"of]s{tkm{ k|:yfg ug'{k"j{ lqe'jg cGt/f{li6«o ljdfg:yndf clejfbg ub}{ . tl:a/ Mk|bLk/fh jGt,/f;;

    काठमाडौं। नागरिक दबाबले सत्ता र शक्तिमा रहेका व्यक्तिमाथि असर छाड्छ भन्ने ताजा उदाहरण मिलेको छ। नागरिकको चाहाना र भावनालाई बुझेर अगाडि बढ्दा सत्ता र शासकले स्याबासी पनि पाउँछन् नै।

    हो, राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाँदा हिजो साँझको सवारीमा नागरिकले सास्ती भोग्नु परेन। पहिलो पटक नै होला, यसरी सवारी हुँदा सडक दुईतर्फी बन्द गरिएन, एकतर्फी मात्रै गरियो। त्यो पनि मात्रै १५ मिनेटका लागि।

    यस अगाडि उनै राष्ट्रपतिको सवारीका कारण पौने घण्टासम्म बाटो रेकिएपछि सडकमा विद्रोह भएको भिडियो भाइरल भएको थियो। त्यसले चर्को दवाव सवारी व्यवस्थापनमा परेको थियो।

    नागरिक दबाबले बेलाबेलामा राम्रै काम गर्छ भन्ने उदाहरण हिजो आइतबार रातिको राष्ट्रपति सवारीमा देखियो। राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्र संघले आयोजना गरेको महिलाहरुको अवस्थासम्बन्धी आयोग को ६३औं अधिवेशनमा भाग लिन अमेरिका जाँदा सडकमा ‘सवारी जाम’को सास्ती निकै कम भयो।

    राष्ट्र प्रमुख यसरी सवारी हुँदा यस अगाडि सधैँ दुईतर्फी सडक खाली गरिन्थ्यो, तर नागरिकले गरेको ट्राफिक विद्रोहको ताजा असरले नै होला हिजोको राष्ट्रपति सवारी सचेष्ट कम पीडादायी पारियो।

    महानगरीय ट्राफिक प्रहरी कार्यालयको फेसबुकमा सवारी सम्बन्धी सूचनाले पनि पुष्टि गर्छ की यो पटक निकै कम समय सडकमा अवरोध भयो त्यो पनि एकतर्फ मात्रै।

    ट्राफिक सूचना अनुसार साँझ ७ बजेर ५ मिनेटमा शीतल निवासबाट एयरपोर्टसम्मको बाटो एकतर्फी रोकिएको थियो। १५ मिनेटमै बाटो खुलेको उही सूचनामा उल्लेख छ। अर्थात ७ बजेर २० मिनेटमा बाटो खुलेको थियो।

    सडकमा यस अगाडि जस्तो यात्रुहरूले सास्ती पाउनु पनि परेन, ट्राफिकलाई अटेर गरेर सवारी कुँदाउने विद्रोह पनि भएन।

    अर्को चाखलाग्दो कुरा के छ भने यो पटकको भ्रमणमा राष्ट्रपति भण्डारीको पहिरन पनि फेरिएको छ। अघिपछि भन्दा पहिरनमा फेरिएको अथवा भनौँ थपिएको पोशाक हो ओभरकोट।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij