मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

थाहा नगरपालिमा आँखा अस्पताल सञ्चालन

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ मा सामुदायिक आँखा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ। सामुदायिक आँखा केन्द्र, नेपाल आँखा कार्यक्रम र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको समन्वयमा सञ्चालन गरिएको हो।

    केन्द्रको सञ्चालनले मकवानपुर उत्तरी क्षेत्रका स्थानीय आँखाका बिरामीलाई उपचारका लागि सहयोग पुगेको छ।

    नगरपालिका र तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान काठमाडौँबीच २०७५ वैशाखमा भएको सम्झौताअनुसार नगरपालिकाले दुई रोपनी १४ आना जमीन उपलब्ध गराएपछि केन्द्रको भवनसमेत निर्माण गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए।

    नगरपालिकाको रु ४० लाख लागतमा सो केन्द्रका लागि चारकोठे पक्की भवनसमेत निर्माण गरिएको छ । आँखाका रोगीलाई थप सुविधा दिने उद्देश्यले अस्पतालको रूपमा उपचार केन्द्र स्थापना गरिएको नगरप्रमुख विष्टको भनाइ छ ।

    गढीमा बाँदर आतङ्क 

    मकवानपुरको गढी गाउँपालिकामा बाँदरको आतङ्कबाट स्थानीय बासिन्दा समस्यामा परेका छन् । जङ्गलबाट आएका बाँदरले खेत र घरमा भएका खाद्यान्न कृषिबाली खाइदिने र लत्ताकपडा भाँडाकुँडा नष्ट पारिदिनाले स्थानीयवासी उठीबासको अवस्थामा पुगेको गुनासो छ । बाँदर आतङ्कले सुकौरा र बुढीचौरका स्थानीयवासी बेँसीतिर झरेको बताइएको छ।

    विगतदेखि बाँदरको आतङ्क झेलिरहेका स्थानीयवासी थप समस्यामा परेपछि उठीबासको अवस्थामा पुगेको सुकौराका रामसिंह घलानले बताउनुभयो । बाँदरको आतङ्क रोक्न रात्रि र दिनमा खेत र घरको सुरक्षाका लागि जागा बस्नुपरेको उहाँको भनाइ छ।

    गढी–७ का थीरमान बलले खेतमा मात्रै नभई घरभित्र पसेर खाद्यान्न, लत्ताकपडासमेत बाँदरको हुलले नष्ट गर्ने गरेको गुनासो परे। जङ्गलमा खानेकुरा अभाव भएपछि बाँदर गाउँघरमा पसेको बाँदरसम्बन्धी अध्ययन गर्दै आएका वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक वासुदेव पोखरेलले बताए। बाँदर आतङ्क रोक्न छिट्टै पहल हुने गाउँपालिका अध्यक्ष विदुर हुमागाईँले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij