प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५
बेत्रावती । नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ ।
देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हँुदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा पु¥याएको केही समयमा नै मृत्यु भएको हो । बा६३प ५६३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा चढेका १५ वर्षका विशेष थापामगर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
अवैध काठ बरामद
जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ ।
विदुर नगरपालिका–१२ स्थित पारीपाखा सामुदायिक वनबाट कटान गरी बिक्रीका लागि लैजाँदै गरेको उक्त परिमाणको काठ र काठ बोक्न प्रयोग भएका दुई मिनीट्रक सोमबार प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार यादवले जानकारी दिए।
यादवका अनुसार काठसहित केही व्यक्तिलाई समेत पक्राउ गरिएकाले संलग्नको पहिचानपश्चात् जिल्ला अदालतमा मुद्दा चलाइने तयारी छ । “सामुदायिक वनमा कटान भएको काठ बोकेर बिक्री गर्न लैजाँदै गरेको बा३क २०८६ नंको मिनीट्रक र त्यसका चालक सुमन राई तथा बा४ख ९९१ नंको मिनीट्रक र त्यसका चालक सन्तोष राईसहित पाँच माथि अनुसन्धान थालिएको छ”, यादवले भने, “कटान गरेको काठको रुख सङ्ख्यालगायतका कैफियत स्थलगत अवलोकनपश्चात् तयार हुने प्रतिवेदनअनुसार कारवाही अघि बढाइने छ ।”
जिल्ला वन कार्यालयले विसं २०७२ देखि जिल्लाको निजीलगायत सबै वन क्षेत्रमा उत्पादन भएका सल्लाको काठको व्यावसायिक कारोवारमा प्रतिबन्ध लगाएको छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij