मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

१० बर्षदेखि दाम्लोमा बन्धक बालक, आर्थिक अभावले भएन उपचार

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • झापा । बिगत २ बर्ष देखि घर भित्रको खाटमा हातमा डोरीले बाँधिएको अवस्थामा जिवन बिताइरहेका आइत बहादुरको अवस्था देख्दा जोकोहीको मन रुन्छ। शारीरिक रुपमा हिँडडुल समेत गर्न नसक्ने ११ बर्षीय आइतराज लिम्बु, उनका ८ महिनाका कान्छा भाई जसको जन्मदै माथिल्लो पट्टिको ओठ छैन।

    आर्थिक अवस्था कमजोर रहेको सो लिम्बु परिवार ५ बर्ष अगाडी ताप्लेजुङबाट बसाईसरी सडकको जमिनमा बस्दै आएको स्थानीये बताएका छन्। ‘ यो परिवारको अवस्था एकदमै नाजुक छ, यो परिवारका मुली मिलन लिम्बुले ५ सन्तान र श्रीमतिलाई ज्याला मजदुरी गरेर परिवारको पेट पालिरहेका छन् ।’ स्थानीय भन्छन् ‘ शारीरिक रुपमा असक्त माइला छोरा र ८ महिने कान्छा छोराको अवस्था देखेर पीडा हुन्छ।
    ’
    पाँच सन्तानकी आमा सुनिताले आर्थिक अवस्था कमजोर भएको र श्रीमान्ले जसो तसो परिवारको पेट पालिरहेको बताएकी छिन्।

    उनले छोराहरुको अवस्थाले आफूलाई ठूलो पीडा भएको बताएकी छिन् । उनले छोराहरुको उपचार आफ्नो जिवनकै ठूलो इच्छा रहेपनि आर्थिक अवस्थाका कारण भक्कानिएर बस्नु बाहेकको विकल्प नरहेको बताइन्। सुनिताले डाक्टरले उपचार सम्भव रहेको बताएको समेत जानकारी दिइन्।

    आइतराज र उनका कान्छो भाईको स्वास्थ्य उपचार गर्न आफूहरुसँग कुनै उपाय नभएको बताउँदै उनीहरुका आमा सुनिताले उपचारको प्रवन्ध मिल्न सक्दा ठूलो गुन हुने बताइन्। साथै उनले सहयोगका लागि सबै सहयोगी मनहरुसँग अनुरोध समेत गरेकी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij