मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

युएस–बंगला विमान दुर्घटनाको एक वर्ष : बाँचेकाहरु भेला भए ठमेलमा

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • काठमाडौँ । गत वर्ष फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६७ यात्रु र चालक दलका चार सदस्य सवार युएस–बंगला एयरलाइन्सको विमान अवतरणको क्रममा दुर्घटना भयो ।

    विमानमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, चालक दलका ४ तथा चीन र माल्दिभ्सका एक–एकजना सवार थिए । यात्रुले टनाटन भरिएको युएस–बंगला विमान दुर्घटनामा ५१ जनाको ज्यान गयो । त्यसमध्ये २० जनाको ज्यान जोगियो ।

    विमान दुर्घटनामा ज्यान गुमाउनेमा २२ जना नेपाली, २८ जना बांगलादेशी र एक चिनियाँ नागरिक थिए । ज्यान गुमाउनेहरुको परिवारको निम्ति आज शोकको दिन हो भने सकुशल बाँचेका २० जनाको लागि आज पुर्नजन्म हो ।

    यस्तै सकुशल बाँचेका २० जनामध्ये ८ जनाले आज दिउँसो ठमेलस्थित छाया कम्प्लेक्सको ग्राउन्ड फ्लोरमा भेला भएर खुसी साटासाट गरेका छन् । विमान दुर्घटनामा परेर घाइते भएका केशव पाण्डे भन्छन्, ‘आज हामी भेला भएर विमान दुर्घटनाको एक वर्षको अनुभव साटासाट गर्दै पहिलो जन्मोत्सव (पुर्नजन्म) मनाएका छौं ।’

    भेलामा पाण्डेसहित सनम शाक्य, दयाराम ताम्राकार, आशिष रन्जित, विनोदराज पौडेल, वसन्त बोहोरा, हरिप्रसाद सुवेदी र किशोर त्रिपाठी सहभागि थिए । यस्तै दुर्घटनामा बाँचेका अर्का दिनेश हुमागाईं भने कामविशेषले त्यहाँ उपस्थित हुन सकेनन् ।

    दुर्घटनामा परेर बाँचेका उनीहरूलाई मंगलबार बिहानैबाट आफन्त र साथीभाइले सामाजिक सञ्जाल फेसबुक, ट्विट, इन्स्टामार्फत जन्मदिनको बधाइ र शुभकामना दिएका छन् ।

    भेलामा खुसी साटासाट गर्दै विमान दुर्घटना हुन लाग्दाको त्यो कहाली लाग्दो समय र नयाँ जीवन पाएपछिको एक वर्षको अनुभवबारे कुराकानी भएको दुर्घटनामा बाँचेका सनम शाक्य बताउँछन् ।

    ट्राभल एजेन्सीमा आबद्ध १२ जनाको टोली एक वर्षअघि बंगालादेशको राजधानी ढाकामा आयोजित पर्यटनसम्बन्धी कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा उक्त विमान सवा २ बजे दुर्घटनामा परेको थियो ।

    बंगलादेशको ढाकामा रहेको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बमबार्डियर डाश एच क्यु ४०० विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि भएको अनुसन्धानमा पाइलटको कमजोरीका कारण दुर्घटना भएको देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij