मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बस दुर्घटना अपडेट : १४ जना घाइते (नामावली सहित)

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • कपिलवस्तुको जीतपुर चारनम्बरमा मंगलबार साँझ भएको बस दुर्घटनामा १४ जना घाइते भएका छन्। कपिलवस्तु सामुदायिक अस्पताल अगाडी यात्रुबाहक बस दुर्घटनामा परेको हो।

    जीतपुर चारनम्बर सडकखण्डमा चल्ने ग १ ख २८९१ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। बसमा सवार यात्रुको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको बताइएको छ।

    बस दुर्घटनामा वाणगंगा ९ निवासी निशा थारु, बुद्धभूमि २ कि भावना सेन थापा, बुटवल देवीनगरकी प्रेमकला गौतम, मोहन थारु, वाणगंगा १० का बनस रजिया, चिन्कि थारु, सोही स्थानका रमपतिया थारु, बुटवल देवीनगरकी लक्ष्मी गौतम, सिता गौतम, कपिलवस्तु नगरपालिकाकी बमैली स्तरउती, बुटवल ११ की रिता गौतम, सिमरीकी माया चौधरी रहेका छन।

    उनीहरु सबैको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij