मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

म्याद सकिएको औषधी उत्पादन गर्दै उद्योगपति श्याम कुमार तुल्स्यान

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • विरगञ्ज । वीरगञ्जको किसान एग्रो केमिकल्स प्रालिमा जिल्ला प्रशासनद्वारा छापा मारेको छ। किसान एग्रो केमिकल्स प्रालिले म्याद सकिएको औषधी पुन म्याद थपी रिप्याकेगिङ गरि विक्री वितरण गरेको जिल्ला प्रशासन कार्यालयमा परेकोे उजुरीेको आधारमा छापा मारिएको हो।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ एक किटनासक औषधी उत्पादन गर्ने उद्योगमा छापामारी गरी सिलबन्दी गरेको छ। नारायणी उपक्षेत्रीय अस्पतालको पछाडी उद्योगमा रहेको किटनाशक औषधी सो उद्योग वीरगञ्जका उद्योगपति श्याम कुमार तुल्स्यानले किटनाशक औषधी मगाएर रिप्याकेगिङ् गर्ने तथा म्याद सकिएको औषधी उत्पादनमा पुन म्याद थपि रिप्याकेगिङ गरि बजारमा विक्री वितरण गरेको फेला परेको बताउँछन्।

    जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले उद्योग सञ्चालन ऐन अन्तरगत उद्योग सञ्चालन नगरेकोले स्थानीय प्रशासनमा परेको उजुरीको आधारमा छापा मारिएको हो।

    सो उद्योगले बालीनाली तथा खेतमा छर्ने गुणस्तरहिन किटनाशक औषधी उत्पादन गर्ने गरेको, बाहिरबाट किटनाशक औषधी मगाएर रिप्याकेगिङ् गर्ने तथा म्याद सकिएको उत्पादनमा फेरी म्याद थपि बजारमा विक्री वितरण गरि अनियमितता गरेको समेत भेटिएको बताउँछन्।

    कृषि ज्ञान केन्द्र पर्साका अधिकारी सनसुख हकले। छापामारी टोलीमा वाणिज्य कार्यालय वीरगञ्ज, आन्तरिक राजस्व कार्यालय वीरगञ्ज, कृषि ज्ञान केन्द्र पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधिको सहभागिता रहेको थियो।

    उद्योगी श्याम तुल्स्यानले किसान एग्रो केमिकल्स प्रालि वीरगञ्ज २४ रामगढवामा सञ्चालित रहेको र एउटै नामबाट दुई वटा उद्योग सञ्चालन गरी राजश्व छली गरेको भेटिएपछि प्रशासनले छापामारी उद्योग सिलबन्दी गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij