प्रकाशित मिति : सोमवार, कार्तिक ३, २०८३
बिनिता शर्मा,काठमाडौ। सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस नि:शुल्क रूपमा सञ्चालन गरेको छ ।
दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ नि:शुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। नि:शुल्क बस सेवा सोमबारदेखि तीन दिनसम्म सञ्चालन हुनेछ । ती बस बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म विभिन्न रुटमा चल्नेछन् ।
सशस्त्र प्रहरी हेडक्वाटर हल्चोकबाट छुट्ने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ । यसैगरी सशस्त्र प्रहरी हेडक्वार्टरबाटै छुट्ने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्कलगायत स्थानका यात्रुलाई नि:शुल्क सेवा दिने सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रबक्ता नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो । ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij