प्रकाशित मिति : शनिबार, कार्तिक १, २०८३
काठमाडौँ। भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा भएको छलफलपछि पत्रकार किशोर श्रेष्ठ घर फर्किएका छन्।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार ब्युरोमा दुवै पक्षबिच कुराकानी भएपछि श्रेष्ठ घर फर्किएका हुन्।
यसैबिच जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर असन्तुष्टि जनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्त भने कानुनी प्रक्रियाअनुसार प्रेस काउन्सिल नेपाल जाने भएका छन्।
समाचारसम्बन्धी विवादलाई प्रहरी ब्युरोको सट्टा सम्बन्धित निकाय प्रेस काउन्सिलमार्फत नै समाधान खोज्ने समझदारी बनेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij