सोमवार, कार्तिक ३, २०८३ | Monday 19th October 2026

श्रीमुक्तिनाथ रथयात्राः मेची–महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

  • प्रकाशित मिति : सोमवार, कार्तिक ३, २०८३



  • काठमाडौँ : वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा– २०८३ सञ्चालन हुने भएको छ ।

    रथयात्राले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावनालाई अझ बलियो बनाउने पनि उनको भनाइ छ ।
    सार्वजनिक भएको कार्यतालिका अनुसार रथयात्रा यही कात्तिक ८ गते मुक्तिनाथबाट जोमसोम–गलेश्वर हुँदै बेनी–कुन्डुलेफेदी पुगेर रात्रि विश्राम गर्नेछ । कात्तिक ९ गते पञ्चकोट–बागलुङ बजार, मालढुङ्गा, कुश्मा, नौडाँडा र हेमजाको मार्ग हुँदै पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सनातन सेवाश्रम, रामघाटमा रात्रि विश्राम गर्ने कार्यक्रम छ ।
    कात्तिक १० गते पोखराबाट दमौली–डुम्रे–मुग्लिन–धादिङ– थानकोट–कलङ्की–स्वयम्भू–बालाजु र चक्रपथ हुँदै गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुगेर रथयात्रा विश्राम गर्नेछ । कात्तिक ११ गते काठमाडौँ नगर परिक्रमा गरी श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाम, भक्तपुरमा रात्रि विश्राम गर्ने कार्यतालिका छ ।

    कात्तिक १४ गते चतराबाट धरान–इटहरी–विराटचोक–बेलबारी– लेटाङ–पथरी–ऊर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गर्ने कार्यक्रम रहेको छ । कात्तिक १५ गते गोवर्धन गौशाला किलिकले– लालमखोला–माईधार–बिर्तामोड–अर्जुनधारा–बुधबारे–चारआली–भद्रपुर र काँकडभिट्टा हुँदै श्रीयोगीराज कमलनयनाचार्य आश्रम, माइधारमा रात्रि विश्राम गर्नेछ ।

    कात्तिक १६ गते माईधारबाट रङ्गेली हुँदै विराटनगर परिक्रमा गरी श्रीलक्ष्मीनारायण मन्दिर, पाञ्चालीमा विश्राम गरिनेछ । कात्तिक १७ गते विराटनगर–दुहबी–इटहरी–लहान र धनुषा हुँदै जनकपुरधाम पुगेर रथयात्रा रात्रि विश्राम गर्ने कार्यक्रम छ ।

    कात्तिक १९ गते सिमरा–पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी श्रीकस्तुरी रङ्गनाथ मन्दिर, चिसापानीमा रात्रि विश्राम गर्ने कार्यक्रम तय गरिएको छ ।
    कात्तिक २० गते हेटौँडाबाट मनहरी–वसन्तपुर–भण्डारा–पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम गरिनेछ ।
    कात्तिक २१ गते नारायणगढ–गैँडाकोट–भेडाबारी–फूलबास, रजहर–दलदले–प्रगतिनगर–कावासोती–डण्डा–चोरमारा–अरुणखोला– दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा रात्रि विश्राम गर्ने कार्यतालिका छ ।
    कात्तिक २२ गते बर्दघाट–भुताहा–भूमही–सुनवल र बुटवल हुँदै रथयात्रा रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्वेद स्वर्गद्वारी आश्रम पुग्नेछ । कात्तिक २३ गते खरेन्द्रपुर–चन्द्रौटा–मालुवाङ–लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रात्रि विश्राम गरिनेछ ।

    कात्तिक २६ गते महेन्द्रनगर–भलारी र अत्तरियाको मार्ग हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा रथयात्रा पुग्नेछ । कात्तिक २७ गते धनगढी–हसुलिया–राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रात्रि विश्राम गरिनेछ ।

    कात्तिक २८ गते कोहलपुरबाट सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गर्ने कार्यक्रम छ । कात्तिक २९ गते तुलसीपुर–घोराही–लमही–गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुगेर रात्रि विश्राम गरिनेछ ।
    रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा यात्रा विश्राम तथा समापन गरिने कार्यक्रम रहेको छ ।
    श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३ आयोजना हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन
    श्रीमुक्तिनाथ रथयात्राः मेची–महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
    दुर्गा पूजामा भागदौड, कसरी ७ मिनेटमै वातावरण शोकमा परिणत भयो
    कांग्रेसले यसपटक कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम स्थगित गर्‍यो
    तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग
    दसैंमा घर फर्कनेको घुइँचो, घटस्थापनायता उपत्यकाबाट ५ लाख यात्रु बाहिरिए
    नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
    सशस्त्र प्रहरीद्वारा सर्लाहीमा १७ लाख १४ हजारको अबैध सामान पक्राउ
    पत्रकार श्रेष्ठ फर्किए घर, पन्त प्रेस काउन्सिल जाने
    कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा तालिम प्राप्त डग (K-9) सहित सशस्त्र प्रहरी बल, नेपालको निगरानी विस्तार

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij