बुधबार, भदौ ३, २०८३ | Wednesday 19th August 2026

सतर्कता केन्द्रको एक्सन : ११ हजार कर्मचारी कारबाहीमा, गुनासो सुनुवाइमा तीव्रता

  • प्रकाशित मिति : बुधबार, भदौ ३, २०८३



  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनुवाइको प्रक्रिया तीव्र गतिमा अगाडि बढेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रको तथ्यांक अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा दर्ता भएका एक हजार २९८ उजुरीमध्ये एक हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फछ्र्यौट गरिएको छ।

    जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो। केन्द्रका अनुसार विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात ७४.१० प्रतिशत उजुरी फछ्र्यौट भएका थिए।

    यसैगरी, सार्वजनिक सेवा प्रवाहमा लामो समयदेखि जकडिएको ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न प्रधानमन्त्री शाहको कडा निर्देशनमा सतर्कता केन्द्रले कार्यालय अनुगमन र कारबाहीको दायरालाई निकै कडा र व्यापक बनाएको छ।

    वि.सं. २०८१ चैतदेखि २०८२ साउनसम्मको अवधिमा जम्मा ३१८ वटा कार्यालयहरूको अनुगमन गरिएकोमा आचार संहिता पालना नगर्ने तथा समय पालना नगरेका २ हजार २१३ जना र तोकिएको पोशाक नलगाएका ५६२ जना गरी कुल २ हजार ७७५ जना कर्मचारीले अनुशासन उल्लंघन गरेका पाइएको थियो।

    तर, गत चैतदेखि साउनसम्म अनुगमन गरिएका कार्यालयहरूको संख्यामा झन्डै तीन गुणाले वृद्धि गरी ९२४ पुर्‍याइएको छ। जसमा आचारसंहिता र समय पालना नगरेका १० हजार २६८ जना, तोकिएको पोशाकमा उपस्थित नभएका ६४५ जना तथा आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना गरी ११ हजार चार जना कर्मचारीहरू कारबाहीमा परेका छन्। सतर्कता केन्द्रले अनुशासन उल्लंघन गर्ने यी सबै कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायहरूलाई कडा निर्देशन दिएको छ।

    केन्द्रले सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउनका लागि सक्रियता बढाएको छ। सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा संकास्पद सम्पत्ति रहेको सूचना केन्द्रको हटलाइन नं ०१४२००३४५ मा फोन गरेर टिपाउन सकिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ‘रास्वपा सांसदहरू चिठ्ठा परेर आएका हुन्’ भन्ने अभिव्यक्तिप्रति सांसद आशिका तामाङको आपत्ति
    राष्ट्रिय सुरक्षा नीतिमा विचलन आयो, बालेनसहितलाई सरकारबाट हटाउनुपर्छ : बादल
    सतर्कता केन्द्रको एक्सन : ११ हजार कर्मचारी कारबाहीमा, गुनासो सुनुवाइमा तीव्रता
    कप्तानगञ्ज र सिराहा घटना: दुई सिडिओसहित प्रहरीमाथि कारबाही सिफारिस
    कोशीका DIGP खनालद्वारा जि.प्र.का. सुनसरी र ई. प्र.का. सीतागंजको निरीक्षण
    कोशीका DIGP खनालद्वारा कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीको निरीक्षण अनुगमन {फोटो फिचर}
    कोशीका DIGP खनालद्वारा पुर्ब प्रहरी संगठनका प्रमुखहरुसंग अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न
    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना
    सशस्त्र प्रहरीद्वारा एकै दिनमा  १ करोड २७ लाखको अबैध सामान पक्राउ
    पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij