मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा

  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३



  • काठमाडौं । आन्तरिक राजस्व कार्यालय, लहान (सिरहा)का कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिइएका उनीहरूविरुद्ध मंगलबार मुद्दा दर्ता गरिएको हो।

    अख्तियारका अनुसार, आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षण गर्ने क्रममा पेस गरिएका बिल विजक तथा कागजातहरू नमिलेको बहाना बनाउँदै कर अधिकृत पालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएका थिए।

    काम मिलाइदिने बहानामा उनले चार्टर्ड एकाउन्टेन्ट यादवमार्फत रकमको बार्गेनिङ गरी पाँच लाख रुपैयाँ घुस मागेको उजुरी अख्तियारमा परेको थियो। सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

    अनुसन्धानका क्रममा कर अधिकृत पालले विभिन्न व्यावसायिक तथा औद्योगिक फर्म र कम्पनीहरूको लेखापरीक्षण एवं कर निर्धारण गर्ने क्रममा चार्टर्ड एकाउन्टेन्ट यादवसँग मिलेमतो गरी घुस लिएको पुष्टि भएको छ।

    अख्तियारले पालको उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहर गर्दै पाँच लाख रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी लिइएको जनाएको छ।

    त्यसैगरी, चार्टर्ड एकाउन्टेन्ट यादवले राष्ट्रसेवक कर्मचारी पालसँग मिलेमतो गरी रकमको बार्गेनिङ गर्न सघाएको र सेवाग्राहीलाई घुस दिन दुरुत्साहन गरेको अनुसन्धानमा खुलेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुरमा यादवलाई पनि सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा एकै दिनमा  १ करोड २७ लाखको अबैध सामान पक्राउ
    पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा
    सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा ५ लाख ५० हजारको अबैध सामान पक्राउ
    परराष्ट्रमन्त्रीको जवाफमा सांसद आशिका तामाङको असन्तुष्टि, बैठक कक्षबाटै बाहिरिइन्
    भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली अधिकृतहरूसँग अन्तरक्रिया
    सिरहामा २६ लाख भन्दा बढीको अबैध सामान पक्राउ
    प्रधानमन्त्री बालेनसँग भारतीय प्रधानसेनापति सेठले गरे शिष्टाचार भेट
    मोरङमा  सशस्त्र प्रहरीद्वारा  ३५ लाख बढीको अबैध सामान पक्राउ
    सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न सभामुखको निर्देशन
    DIGP शेखर खनालद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको निरीक्षण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij