प्रकाशित मिति : बुधबार, भदौ ३, २०८३
बिनिता शर्मा,काठमाडौ । कोशीका DIGP खनालले पुर्ब प्रहरी संगठनका प्रमुखहरुसंग अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न भएको छ।


जिल्ला प्रहरी कार्यालय सुनसरीको बहुउद्देश्यीय हलमा कोशी प्रदेश प्रहरी प्रमुख DIGP शेखर खनालको प्रमुख आतिथ्यता पुर्ब प्रहरी संगठनका प्रमुख तथा प्रतिनिधिहरु,समुदाय प्रहरी साझेदारीका जिल्ला स्तरीय समितिका सदस्यहरु,शिक्षक,ब्यापार ब्याबसायीहरु लगायत स्थानीय भद्र भलाद्मीहरुसंग हालको अबस्थामा शान्ति सुरक्षाका बारेमा व्यापक छलफल गरिएको छ।


कोशी प्रदेश प्रहरी प्रमुख DIGP खनालले जनता नै सर्बश्रेष्ठ समाजका उदाहरण भएकोले सबैलाई शान्ति सुरक्षाका बारेमा गम्भीर भै नजीकमा रहेकोे प्रहरीलाई सूचना दिई समाजमा शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन लागि पर्न आग्रह गर्नुभएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij