बुधबार, भदौ ३, २०८३ | Wednesday 19th August 2026

कप्तानगञ्ज र सिराहा घटना: दुई सिडिओसहित प्रहरीमाथि कारबाही सिफारिस

  • प्रकाशित मिति : बुधबार, भदौ ३, २०८३



  • काठमाडौँ । गत महिना सुनसरी र सिराहामा भएका साम्प्रदायिक घटनाको नियन्त्रण तथा सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको छानबिन समितिहरूले निष्कर्ष निकालेका छन् । गृह मन्त्रालयद्वारा गठित दुई छुट्टाछुट्टै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाउँदै सम्बन्धित प्रमुख जिल्ला अधिकारीदेखि घटनामा संलग्न सुरक्षाकर्मीमाथिसमेत कारबाही सिफारिस गरेका छन् ।

    समितिले सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कारबाहीस्वरूप सचेत गराउन सिफारिस गरेको छ । घिमिरे ११ साउनमै सरुवा भइसकेका छन् भने पौडेल सप्तरीमा कार्यरत छन् ।

    सुनसरीको कप्तानगञ्जमा १० साउनमा भएको घटनामा प्रहरीले गरेको बल प्रयोगलाई छानबिन समितिले मुख्य विषयका रूपमा औँल्याएको छ । सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले घटनाका क्रममा २० राउण्ड गोली प्रहार भएको र गोली चलाउने कार्य बल प्रयोगको सिद्धान्तविपरीत रहेको निष्कर्ष निकालेको हो । घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले गोली चलाएका थिए, जसबाट तीन जनाको मृत्यु भएको थियो ।

    यस्तै, सिराहाको घटनामा पनि सुरक्षा व्यवस्थापन र प्रहरीको भूमिकामाथि प्रश्न उठाइएको छ । सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले सिराहाका एसपी बासुदेव पाठक, डिएसपी रमेशबहादुर पाल र इन्सपेक्टर सुमन नेपालीलगायतमाथि कारबाही सिफारिस गरेको छ ।

    सिराहामा १४ साउनमा प्रहरीको गोली प्रहारबाट गणेश यादवको मृत्यु भएको थियो ।

    दुवै घटनाको छानबिनपछि समितिहरूले तत्कालीन सुरक्षा व्यवस्थापनमा देखिएका कमजोरी सच्याउँदै आगामी दिनमा यस्ता साम्प्रदायिक घटना दोहोरिन नदिन विभिन्न सुझावसमेत दिएका छन् । प्रतिवेदनमा प्रशासनिक समन्वय, सुरक्षा परिचालन तथा बल प्रयोगसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ‘रास्वपा सांसदहरू चिठ्ठा परेर आएका हुन्’ भन्ने अभिव्यक्तिप्रति सांसद आशिका तामाङको आपत्ति
    राष्ट्रिय सुरक्षा नीतिमा विचलन आयो, बालेनसहितलाई सरकारबाट हटाउनुपर्छ : बादल
    सतर्कता केन्द्रको एक्सन : ११ हजार कर्मचारी कारबाहीमा, गुनासो सुनुवाइमा तीव्रता
    कप्तानगञ्ज र सिराहा घटना: दुई सिडिओसहित प्रहरीमाथि कारबाही सिफारिस
    कोशीका DIGP खनालद्वारा जि.प्र.का. सुनसरी र ई. प्र.का. सीतागंजको निरीक्षण
    कोशीका DIGP खनालद्वारा कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीको निरीक्षण अनुगमन {फोटो फिचर}
    कोशीका DIGP खनालद्वारा पुर्ब प्रहरी संगठनका प्रमुखहरुसंग अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न
    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना
    सशस्त्र प्रहरीद्वारा एकै दिनमा  १ करोड २७ लाखको अबैध सामान पक्राउ
    पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij