मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गर्भपतन गराउने औषधि : महंगो मूल्य, अवैध बिक्री

  • प्रकाशित मिति : शनिबार, साउन ८, २०७३



  • डडेल्धुरा, साउन ८ – सुदूरपश्चिमका सबै जिल्लामा औषधि पसल खुल्ने क्रम तीब्र भएको छ । गएको आर्थिक बर्ष २०७२÷०७३ सम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिममा औषधि बेच्ने १३ सय ७१ पसल खुलेका छन् ।

    फुटरक औषधि बिक्रि गर्नसेती अञ्चलमा ९ सय ५४ र महाकाली अञ्चलका जिल्लामा चार सय १७ वटा सञ्चालनको लागि दर्ता भएको औषधि व्यवस्था विभाग नेपालगञ्जको तथ्याङ्कमा उल्लेख छ । जिल्लागत रुपमा सबैभन्दा बढी कैलालीमा सात सय १७ वटा त्यस्ता पसलहरु खुलेका छन् भने सबैभन्दा कम दार्चुलामा १७ वटा छन् ।

    तथ्याङ्क अनुसार डडेल्धुरामा ५६, बैतडीमा ७३, कञ्चनपुरमा दुई सय ७१, बझाङमा ३३, बाजुरामा ३१, अछाममा एक सय आठ, डोटीमा ६५ वटा औषधि पसल दर्ता भएको औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षक पुष्प रानाले जानकारी दिनुभयो । ति सबैले नेपाल सरकारले मान्यता दिएका औषधि बेच्नको लागि सञ्चालन अनुमति पाएका हुन् ।

    तर अधिकांशले गर्भ बसिसकेपछि गर्भपतन गराउने औषधि अवैध रुपमा बिक्री गर्ने गरेका छन् । मेडिकलहरुले गर्भपतन गराउनको लागि महंगो मूल्यमा त्यस्तो औषधि बिक्री गर्ने गरेका छन् ।  मेडिकलहरुले बेच्ने गरेको यस्तो औषधि गर्भपतन किडका नामले चिनिने गरेको छ ।

    अवैध रुपमा गर्भ रहेकाले महंगो मूल्य तिरेर औषधि किन्ने गरेका छन् । ज्यान नै जोखिममा पार्ने औषधि अनुमति बिना बेच्न नपाइने भएपनि सुदूरपश्चिमका अधिकांश औषधी पसलेले अवैध रुपमा त्यस्ता औषधि बेच्ने गरेका छन् ।

    औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले मिफेप्रिस्टोन र मिजोप्रिस्टोल भन्ने गर्भपतनका औषधि जथाभावी असुरक्षित ढंकले बिक्री भएको तथा नेपालमा अनुमति नपाएका एफटिपी किट, प्रेग्नो लगायतका गर्भपतनका औषधि बिक्री वितरण गरिँदा जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै केही समय अघि मात्र बिक्रीवितरण नगर्न सूचना प्रकाशित गरेको र सूचनाको अवज्ञा गर्नेलाई कारबाही गरिने जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij