प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
भारतविरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा २५–२०, २५–१९ र २७–२५ ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि सोहीस्तरकै प्रदर्शन गर्दै पराजय व्यहोरेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको दोस्रो खेलमा आज नेपाल २६–२४, २५–२० र २५–२० को सोझो सेटमै पराजित भएको हो । पहिलो खेलको तुलनामा नेपालले दोस्रो खेलमा सुधारोन्मुख प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो । 
यो हारले भने नेपाली महिला टोलीले धेरै सिक्न बाँकी रहेको स्पस्ट पारेको छ । तर, यसअघिका खेलमा अझ फराकिलो हार बेहोर्ने बानी परेको नेपालले योपटक भने तुलनात्मकरुपमा सुधार गरेको हो । यसैविच बक्सिङका राष्ट्रिय खेलाडी इन्द्रबहादुर पुनमगरको निधन भएको छ ।
आठौ दक्षिण एसियाली खेलकुद साफका काँस्य पदक विजेता इन्द्र बहादुरको ललितपुरस्थित हरिसिद्धी नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । ४७ वर्षे पुन विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित रहनुभएको थियो ।।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij