मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अब भक्तपुर क्षयरोगमुक्त

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले जिल्लालाई क्षयरोगमुक्त बनाउने अभियान चलाएको छ ।

    संस्थाको ३७ औँ स्थापना दिवसका अवसरमा स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले क्षयरोग मुक्त जिल्ला बनाउने संस्थाको अभियानमा जिविसको पनि ऐक्यबद्धता र सहयोग रहने बताउँदै घरघरबाट क्षयरोग उन्मूलन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    सो अवसरमा संस्थाका पूर्वसभापति बालमुकुन्द वासुकला तथा जिल्लामा क्षयरोग नियन्त्रण अभियान नियमित प्रचारप्रसारमा योगदान पु¥याउने ‘स्वनिगः न्हिपौ’पत्रिकाका सम्पादक अमिररत्न ताम्राकार, ‘थेम्मृङ’ मासिकका कार्यकारी सम्पादक हरिबहादुर श्रेष्ठ, ‘न्युज अफ साप्ताहिक’का सम्पादक प्रकाशक जगतकृष्ण प्रजापति र संस्थाका पूर्वकार्यसमिति पदाधिकारी एवम् सदस्यलाई सम्मान गरिएको थियो ।

    त्यस अवसरमा संस्थाका सभापति बाबुकाजी श्रेष्ठले    जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का निर्देशक शरण गोपाली, स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक श्याम क“डेल, सल्लाहकार समितिका संयोजक धनमान श्रेष्ठ, संस्थाका सचिव राम सिख्वः, कोषाध्यक्ष प्रदीप शाक्यले लगायतले क्षयरोगीको खोजी सहज ढङ्गले गर्न सके क्षयरोग उन्मूलनलाई सहयोग पुग्ने औँल्याउनुभो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij