प्रकाशित मिति : सोमवार, साउन १०, २०७३
साउन १० – वेष्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । भ्रमण टोली भारतले खेलको चौथो दिन नै वेष्ट इन्डिजलाई एक पारी र ९२ रनले हराएको हो ।
पहिलो पारीको आधारमा तीन सय २३ रनले पछि परेर फलोअनमा परेको वेष्ट इन्डिज दोस्रो पारीमा दुई ३१ रनमा समेटियो ।
दोस्रो पारीमा वेष्ट इन्डिजलाई कम रनमै आउट गराउनुमा भारतका रविचन्द्रन आश्विनले महत्वपूर्ण भूमिका खेले । म्यान आफ दि म्याच आश्विनले ८३ रन खर्चेर सात विकेट लिए ।
दोस्रो पारीमा वेष्ट इन्डिजका कार्लोस ब्रेथवेटले ५१, मार्लोन सामुअल्सले ५० तथा देवेन्द्र विशुले ४५ रन बनाए । यसअघि वेष्ट इन्डिजले पहिलो पारीमा दुई सय ४३ रन मात्रै बनाएको थियो ।
भारतले आफ्नो पहिलो पारी ८ विकेटको क्षतिमा पाँच सय ६६ रन बनाएर समाप्तीको घोषणा गरेको थियो । यो टेस्टमा भारतका कप्तान विराट कोहलीले आफ्नो टेस्ट क्रिकेटकै पहिलो दोहोरो शतक बनाएका थिए । चार टेस्टको श्रृँखलामा भारतले १–० को अग्रता लिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij