शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रुसलाई छुट दिएकोमा आइओसीसँग वाडा असन्तुष्ट

  • प्रकाशित मिति : सोमवार, साउन १०, २०७३



  • साउन १० – विश्व एन्टी डोपिङ एजेन्सी वाडाले रुसलाई आउँदो महिना हुने रियो ओलम्पिकमा प्रतिबन्ध लगाउने पर्ने आफ्नो सिफारिस रद्द भएकोमा निराशा जनाएको छ । वाडाले रुसलाई रियो ओलम्पिकमा पूर्ण रुपले प्रतिबन्ध लगाउन सिफारिस गरेपनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले भने पूर्ण रुपले प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । आइओसीले विभिन्न खेलका विश्व संगठनले नै रुसलाई ति खेलका लागि ओलम्पिकमा सहभागिता जनाउन दिने नदिने बारे निर्णय गर्ने अधिकार दिएको छ ।

    आइओसीको निर्णय प्रति वाडाले असहमति व्यक्त गरेको हो । सम्बन्धित खेलका विश्व संगठनले रुसका खेलाडी डोपिङ मुक्त रहेको जनाएमा त्यो खेलमा रुसले सहभागिता जनाउन पाउने छ । ब्राजिलमा हुने रियो ओलम्पिक अगस्ट पाँचमा सुरु हुँदैछ ।

    सन् २०११ देखि २०१५ सम्ममा सरकारकै सहयोगमा रुसी खेलाडीले व्यापक स्तरमा शक्ति वर्धक औषधि लिएको आरोप लाग्दै आएको छ । आइओसीले रुसको पक्षमा केही खुकुलो निर्णय गरेपनि रियो ओलम्पिकमा सहभागी हुन चाहने रुसी खेलाडीले आइओसीका कडा नियमको पार गर्नु पर्ने छ ।

    ओलम्पिकमा सहभागी हुन चाहने रुसी खेलाडीको डोपिङ टेस्ट गरिने र यसमा फेल हुनेले सहभागिता जनाउन नपाउने आइओसीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij