प्रकाशित मिति : शनिबार, साउन २९, २०७३
परिवार त्यागेर २०७० साल जेठ ११ गते गुरु योगी शीर्षनाथबाट दिक्षा लिएर व्याघ्र वेदनाथको नयाँ परिचयका साथ सन्यासी जिवन जिएका पूर्वयूवराज पारस शाहका साथी समेत रहेका उनी यतिबेला सक्रिय धार्मिक राजनीतिमा लागेको पाइएको हो ।
कहिले देबघाट बागेश्वरी क्षेत्र, कहिले पशुपतिनाथ क्षेत्रको मृगस्थली, कहिले खप्तड क्षेत्र त कहिले सुदुर पुर्व र सुदुर पश्चिमका बिभिन्न धार्मिक क्षेत्रहरुमा अवस्थित बिभिन्न योगीहरुको कुटीमा गरी करिव तिन वर्ष ध्यानमा बिताएका उनले यतिबेला जोगीहरुमा धार्मीक राजनितिको बिजारोपण गर्दै मर्यादित राजसंस्थाको वकालत गरेका हुन् ।
शनिवार चितवनमा सोहि उद्देश्यले आयोजित कार्यक्रममा उनले देशब्यापी रुपमा जोगिहरुलाई संगठित गर्ने आफ्नो अभियान केन्द्रित गरेको बताए ।
गोरखनाथको नाथ परम्परा अनुरुप चारै सम्प्रदायका सन्तमन्तहरुलाई एक जुट बनाएर राष्ट्यि एकताको प्रतिक राजसंस्था स्थापित गर्ने अभियान आफुले सुरु गरेको उनले बताए ।
पहिलो चरणमा सीमावर्ती भारत र नेपालको पुर्वी तराईका साधु सन्त र महन्तहरुलाई संगठित गरेर सनातन हिन्दु धर्मको संरक्षणमा सरिक बनाउने उनले जानकारी दिए ।
पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्दा जोगिहरुलाई प्रयोग गरी एकिकरण सफल भएको बताउँदै उनले आफूहरुले नेपाललाई हिन्दु राष्ट्रकै रुपमा स्थापित गर्न चाहेको खुलासा गरे ।
सनातन हिन्दु धर्म बिश्वको उत्कृष्ट धर्म भएको बताउँदै उनले हिन्दु धर्मका विक्रिति सुधार गर्ने र त्यसका राम्रा कुराहरुलाई ब्यवहारमा प्रयोग गरी मुलुकलाई बिश्वको समुन्नत राष्ट्र निमार्ण गर्न सकिने उनको तर्क छ ।
नेपालले योग ध्यान र प्राकृतिक चिकित्सामा बिश्वको अगुवाई गर्न सक्ने हुँदा सनातन धर्मका सहि कुरा ब्यवहारमा लागु सके कुनै पनि नागरिक गरिबिको मारमा बाच्नु पर्ने अवस्था नआउने उनको तर्क छ ।
उनका अनुसार देशमा करिब ५ लाखको हाराहारीमा साधुहरु छन् ।
उनले देशका हरेक युवालाई संगठित गरी हिन्दु धर्म र संस्कारको ज्ञान दिनु वर्तमानको टड्कारो आवस्यक्ता रहेको समेत बताए । राष्ट् निमार्ता पृथ्वी नारायण शाह, राजा महेन्द्र र बाबा गोरखनाथ योगी नरहरी नाथले कल्पना गरेको नेपाल र बिकासका निती लाई आम जनमानसमा प्रचार गरि त्यही मार्गदर्शनका साथ अघि बढने आफनो संकल्प रहेको उनले बताए ।
उनले सनातन हिन्दु धर्मको रक्षा र देशको विकासका लागि मुलुकमा मर्यादित राजसंस्था आवश्यक रहेको बताए ।
पूर्वयुवराज पारस शाहका निकै मिल्ने साथी उनी दरबार निकट भएकाले उनको यो अभियानलाई निकै चासोका साथ हेरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij