आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रचण्डले पहिलो महिनाको तलव धुर्मुस सुन्तलीलाई दिने

  • प्रकाशित मिति : बुधबार, भदौ १, २०७३



  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने भएका छन् ।

    बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उनले आफ्नो एक महिनाको पारिश्रमिक उपलव्ध गराउने बताएका हुन् ।

    भूकम्पपछि धुर्मुस सुन्तलीले चलाएको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन तपाईंहरुले चलाएको अभियान प्रशंसनीय छ ।

    यसले देशैभरि सकारात्मक सन्देश गएको छ,’ प्रधानमन्त्रीले भने,’ म तपाईंहरुको अभियानमा सँगै छु , अहिलेको लागि मेरो पहिलो महिनाको व्यक्तिगत लतब तपाईहरुको फाउण्डेसनलाई सहयोग गर्छु ।’

    भेटमा प्रधानमन्त्री प्रचण्डले धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना वस्तीलाई सरकारले प्राथमिकतामा रहेको उल्लेख गरे । प्रचण्डले आफू अहिले केही गरेर देखाउने सोचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पुनर्निर्माणलाई अगाडि बनाउनेपर्ने बताए ।

    प्रधामन्त्रीसँगको भेटमा धुर्मुस सुन्तलीले आफूहरुलाई सरकारलाई दूत नियुक्ति गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका पर्याप्त अधिकार नभएको गुनासो गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij