मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

४० वटा छुरी निले, तैपनि बाँचे

  • प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७३



  • ४२ वर्षीय जमाइल सिंह भारतको गुर्दासपुरस्थित द कर्पोरेट अस्पतालमा पेट दुखेको समस्या लिएर भर्ना भए । डाक्टरहरुले अन्य बिरामीलाई जस्तै सामान्य प्रश्न गरे र रुटिन चेकअप गरे ।

    समान्य चेकजाँच गर्दा उनको रोग पत्ता नलागेपछि डाक्टरहरुले सिंहको अल्ट्रासाउण्ड गरे । अल्ट्रा साउण्डमा उनको पेटमा ठूल–ठूला ढिक्काहरु देखिए । तर, उनको डाक्टरहरुलाई पछिल्लो केही महिनामा ४० वटा छुरी निलेको कुरा भने भनेनन् ।

    डाक्टरहरुले त्यसलाई क्यान्सर भएको अनुमान गरे । अनुमानलाई पुष्टि गर्न उनीहरुले ग्यास्ट्रोस्कोपी गर्नेे निर्णय गरे । जब डाक्टरहरुले सिंहको पेटमा इन्डोस्कोपिक क्यामेरा पुर्याए, उनीहरु हैरान भए ।

    उनको पेटमा देखिएको ढिक्का त क्यान्सरको अवशेष नभएर छुराहरु पो रहेछन् । त्यसपछि मात्र डाक्टरहरुले सिंहलाई ‘झुक्केर कहिले छुराहरु निलेको हो ?’ भनेर सोधे । सिंहको जवाफ सुनेर डाक्टरहरु झन् अचम्ममा परे ।

    उनले डाक्टरहरुलाई आफूलाई केही महिनादेखि छुरी खाने बानी लागेको र अहिलेसम्म आफूले २८ वटा छुरीहरु निलिसकेको बताए । डाक्टरहरुले तुरुन्तै उनको अप्रेशन गरे र उनको पेटबाट त्योभन्दा बढी ४० वटा छुरी निकाले ।

    ‘मैले मेरो जीवनमा देखेको यो सबैभन्दा अनौठो केस हो,’ डा. जितेन्द्र मल्होत्राले भने । उनसँगै रहेका डाक्टरहरुको टोलीलाई सिंहको पेटबाट ४० वटा छुरा निकाल्न ५ घण्टा लागेको थियो ।

    धन्न अप्रेशन सफलतापूर्वक सम्पन्न भयो । किन छुरा खान मन लागेको त भन्ने प्रश्नमा उनले आफूलाई कार दुर्घटनापछि यस्तो बानी लागेको बताए । उनले आफूलाई छुरीको स्वाद यति मनपरेको कारणले अझै खान मनलाग्दै गएको बताए ।

    सिंह केही दिनमा अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij